सूचना/प्रविधि

अब अनलाइन, रेडियो, टेलिभिजनबाट प्रसारित सामग्रीको २४ सै घण्टा अनुगमन हुने

काठमाडौँ, ३ पुस, आज राजधानीमा आयोजित एक कार्यक्रमबीच सूचना तथा सञ्चारमन्त्री सुुरेन्द्रकुमार कार्कीले विद्युतीय सञ्चारमाध्यमको अभिलेखिकरण तथा अनुगमन गर्ने उपकरण, प्रणालीको उद्घाटन गरेका छन् । प्रेस काउन्सिल नेपालको पहलमा विधिवत् रुपमा विद्युतीय सञ्चार माध्यम टेलिभिजन, रेडियो, अनलाइनको अभिलेख गर्ने तथा सोको अनुगमन कार्यको थालनी भएको हो । 

कार्यक्रममा प्रमुख अतिथि सञ्चारमन्त्री कार्कीले सञ्चारमाध्यमलाई राजनीतिक आस्थाले प्रभाव पार्दा एउटै घटनामा चारथरी न्यूज आउने गरेको धारणा राख्दै नयाँ उपकरण, प्रणालीले विद्युतीय सञ्चार माध्यमको अभिलेख, अनुगमन कार्यमा सहजता ल्याउने बताए । काउन्सिलले गर्ने हरेक कार्यमा सरकारले सक्दो सहयोग गर्ने बताउँदै विद्युतीय सञ्चार माध्यमको वर्गीकरण गर्न पनि आग्रह गरेका छन् ।

प्रेस काउन्सिल नेपालका अध्यक्ष वोर्णबहादुर कार्कीले हालै जडित आधुनिक उपकरणबाट नेपालको सञ्चारमाध्यम सधैँ प्रेस काउन्सिलको नजरमा रहने, मिडियालाई नियन्त्रण होइन–आचारसंहिताको पालना गराउन सल्लाह दिने कार्यमा निरन्तर लागिपरेको बताए ।

काउन्सिल सदस्य तथा नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले विद्युतीय सञ्चार माध्यमले आफ्नो इतिहास खोज्दा नभेटिने अवस्था रहेको बेला काउन्सिलले विद्युतीय माध्यमको अभिलेख गर्ने प्रणालीको थालनी गर्नु महत्वपूर्ण उपलब्धी भएको बताए ।

काउन्सिलका सूचना प्रविधि अधिकृत रामशरण बोहराले विद्युतीय सञ्चार माध्यमको अभिलेखीकरण गर्ने तथा सोको अनुगमन गर्ने प्रणालीसम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै हाललाई यो प्रविधिबाट १६ वटा टेलिभिजन, अनलाइनबाट प्रसारित २०० वटा एफएम र ५०० वटा अनलाइनबाट प्रसारित सामग्रीको २४ सै घण्टाकोे अभिलेख राख्न सकिने बताए । प्रेस काउन्सिलले यसअघि पूरानो प्रविधिको प्रयोग गरेर २०७२ माघ १ गतेदेखि विद्युतीय माध्यम रेडियो, टिभी, अनलाइनको अनुगमन गर्दै आएको थियो ।

यसमा तपाईंको मत

Loading...

सम्बन्धित सामग्री

थप

धेरै पढिएको

थप

मनोरञ्जन

थप

'कुमारी आमा' बन्ने... !

काठमाडौँ, ७ जेठ, अवैद्य रुपमा चेलिवेटी वेचविखान तथा ओसार प्रसार विरुद्ध सन्देशमुलक नेपाली चलचित्र 'कुमारी ...