सूचना/प्रविधि

प्रेस काउन्सिल नेपालको प्रतिनिधिमण्डललाई बङ्गलादेशमा स्वागत

ढाका, २२ मङ्सिर, प्रेस काउन्सिल अफ बङ्गलादेशको निमन्त्रणामा त्यसतर्फ गएको प्रेस काउन्सिल नेपालको प्रतिनिधिमण्डललाई भव्य स्वागत गरिएको छ । मङ्सिर २१ गते प्रस्थान गरेको भ्रमणटोलीलाई प्रेस काउन्सिल अफ बङ्गलादेशका अध्यक्ष मोहम्मद ममताजुद्धिन अहमदले फूल, पुष्पगुच्छाले स्वागत गरेका थिए भने २२ गते आज विशेष भोजको आयोजना गरिएको छ । 

सो अवसरमा प्रेस काउन्सिल नेपालका अध्यक्ष वोर्णबहादुर कार्कीले निस्वार्थ भावनाले दुईदेशबीच द्विपक्षीय सहकार्य गर्दै प्रगाढ सम्वन्ध विस्तार गर्न सार्कस्तरीय प्रेस काउन्सिलको यथासक्य गठन गरिने प्रक्रियामा सघाउन आग्रह गरेका थिए । त्यसैगरी भुपरिवेष्ठित देश नेपाललाई बन्दरगाह सुविधा प्रदान गरेकोमा बङ्गलादेश सरकारलाई धन्यवाद प्रकट गरेका छन् ।

पाँच दिने भ्रमणमा रहेको प्रतिनिधिमण्डलमा नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्ट, सदस्यद्वय किशोर श्रेष्ठ, गोविन्दप्रसाद चौंलागाई तथा काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसालको सहभागिता रहेको छ ।

यसमा तपाईंको मत

सम्बन्धित सामग्री

थप

धेरै पढिएको

थप

मनोरञ्जन

थप