सूचना/प्रविधि

प्रेस काउन्सिलद्वारा चिनियाँ प्रतिनिधि मण्डलको स्वागत

काठमाडौं, १७ मङ्सिर, प्रेस काउन्सिल नेपालको आयोजनामा आज राजधानीमा चिनियाँ प्रतिनिधि मण्डलको स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष वोर्णवहादुर कार्कीले नेपाल भ्रमणमा रहेको चिनियाँ प्रतिनिधि मण्डललाई दोसल्ला ओढाएर स्वागत गर्दै भने – 'ऐतिहासिक कालदेखि नै नेपाल–चीन सम्बन्ध समस्यारहित असल छिमेकीको रुपमा रहँदै आएको, चीनलाई संकटको अवस्थामा सहयोग गर्ने असल छिमेकीको रुपमा बुझ्दछौं, हामी एक चीन नीतिप्रति प्रतिवद्ध छौं ।' 

सो अवसरमा अध्यक्ष कार्कीले शान्ति र विकासको लागि नेपाली मिडियाले खेलेको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै चिनिया मिडिया र नेपाली मिडियाबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउन सकेमा दुवै देशको लागि निकै उपलब्धीमूलक हुने धारणा राखेका थिए । 

कार्यक्रममा नेपाल–चाईना मिडिया फोरमका अध्यक्ष किशोर श्रेष्ठले चीन सरकार र त्यहाँका जनताले नेपालप्रति देखाएको असल छिमेकीपनको चर्चा गर्दै नेपाल–चीन सम्वन्धलाई थप उँचाईमा पुर्याउन दुवै देशका मिडियाको उत्तिकै भूमिका रहने धारणा व्यक्त गरे । चिनियाँ प्रतिनिधिमण्डलका तर्फबाट लु योङ् मिङ्ले हजारौं वर्षदेखि दुईदेशबीचका जनताको सुसम्वन्ध रहेको स्मरण गराउँदै नेपालको समृद्धि र विकासका लागि चीन सदैव तत्पर रहने बताए । सो अवसरमा मिङ्ले नेपालका विभिन्न स्थलमा भ्रमणका क्रममा खिचेको दशौंहजार तस्विरहरुको संगालो प्रेस काउन्सिललाई हस्तान्तरण गरे । ८२ जनाको उपस्थिति रहेको कार्यक्रम प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले सञ्चालन गरेका थिए ।

यसमा तपाईंको मत

Loading...

सम्बन्धित सामग्री

थप

धेरै पढिएको

थप

मनोरञ्जन

थप

'कुमारी आमा' बन्ने... !

काठमाडौँ, ७ जेठ, अवैद्य रुपमा चेलिवेटी वेचविखान तथा ओसार प्रसार विरुद्ध सन्देशमुलक नेपाली चलचित्र 'कुमारी ...