राजनीति

नवनियुक्त चिनिया राजदूतको प्रधानमन्त्रीसँग शिष्टाचार भेट

काठमाडौँ, ३० कार्तिक, नेपालका लागि नवनियुक्त चिनिया राजदूत यु होङले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टाचार भेट गरेकी छिन् । मंगलबार बेलुका प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्रीले नेपाल र चीनबीच विगतदेखि नै मैत्रीपूर्ण सम्बन्ध रहँदै आएको भन्दै होङको कार्यकाल पूर्ण रुपमा सफल हुने विश्वास व्यक्त गरे । भेटमा प्रधानमन्त्रीले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको दोहोर्याउँदै नेपालको पूनर्निर्माण र विकासमा प्राप्त चिनिया सहयोगका लागि धन्यवाद पनि दिए ।

शिष्टाचार भेटका क्रममा राजदूत होङले आफ्नो कार्यकाल नेपाल र चीनबीचको सम्बन्ध थप सुदृढ गर्नमा केन्द्रित रहने बताइन् । भेटका अवसरमा प्रधानमन्त्री र राजदूत होङबीच चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका विषयमा पनि कुराकानी भएको थियो । 

यसमा तपाईंको मत

Loading...

सम्बन्धित सामग्री

थप

धेरै पढिएको

थप

मनोरञ्जन

थप