सुरक्षा गृहका लागि मुख्यमन्त्रीलाई ध्यानाकर्षण

चिप्लेढुङ्गा, २८ कात्तिक हिंसापीडित महिलाका लागि सुरक्षित आवासगृह र सडक बालबालिका लागि सम्पर्क केन्द्र नहुँदा समस्या भएको भन्दै कास्की, पोखराका अधिकारकर्मीले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई ध्यानाकर्षण गराएका छन् । लामो समयदेखि सुरक्षागृह बनाउन पहल गरेता पनि सफल हुन नसकेको भन्दै मुख्य मन्त्रीलाई ध्यानाकर्षण गराएको कोपिला नेपालका कार्यकारी निर्देशक एवं अधिकारकर्मी बीना सिलवालले बताउनुभयो । […]

पुरा पढ्नुहोस्

जनताको आर्थिक समृद्धिको चाहना पूरा हुन्छ  :कावा मुख्यमन्त्री कार्की

विराटनगर, २१ कात्तिक प्रदेश नं १ कार्यवाहक मुख्यमन्त्री हिक्मत कार्कीले प्रदेशका जनताको आर्थिक समृद्धिको चाहना प्रदेश सरकारले पूरा गर्ने बताउनु भएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा आज यहाँ आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा उहाँले प्रदेश सरकार स्थापना भएको छोटो अवधि भए पनि विकासका कार्यलाई गति दिन जनताको प्रत्यक्ष सहभागितामा निजी क्षेत्रसँग हातेमालो गरी […]

पुरा पढ्नुहोस्

पर्यटकीय गन्तव्यको सूचीमा नयाँ गन्तव्य

बेझाड (पाल्पा), २१ कात्तिक पाल्पाको रामपुरमा रहेको तालपोखरा र रम्भा गाउँपालिकाको रम्भादेवी मन्दिर पर्यटकीय गन्तव्यको सूचीमा   परेको छ । सरकारले ओझेलमा परेका पर्यटकीय तथा ऐतिहासिक क्षेत्रलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ पर्यटकीय क्षेत्र घोषणा कार्यक्रमअन्र्तगत रामपुर नगरपालिकाको तालपोखरा र रम्भा गाउँपालिकाको रम्भादेवी मन्दिर परेका छन् । पाल्पाको पूर्वी भेगमा अवस्थित रामपुर नगरपालिका–६ मा रहेको तालपोखरा सानो […]

पुरा पढ्नुहोस्

कर्णालीमै १० लाख पर्यटक पुर्याइने

सिवी अधिकारी  जुम्ला, १७ कात्तिक प्राकृतिक सुन्दरता, भौगोलिक विविधता तथा धार्मिक दृष्टिकोणले महत्वपूर्ण जुम्ला पर्यटनको आकर्षक गन्तव्य बनेको छ । कर्णाली प्रदेशकै नमूना पर्यटकीय गन्तव्यको रुपमा रारा, शे–फोक्सुण्डोपछि जुम्लालाई प्रवद्र्धन गर्न सङ्घीय सरकारले विशेष प्राथमिकता दिएको छ । जुम्लालाई देशकै महत्वपूर्ण पर्यटकीय गन्तव्यका रुपमा विकास गरी आगामी सात वर्षभित्र १० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको […]

पुरा पढ्नुहोस्

मुख्यमन्त्री राई उपचारका लागि थाइल्याण्ड प्रस्थान

विराटनगर, १६ कात्तिक प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई उपचारका लागि आज थाइल्याण्डको राजधानी बैंककतर्फ प्रस्थान गर्नुभयो ।दुई वर्षदेखि घाँटीको समस्याबाट पीडित उहाँको बैंककस्थित बुम्रुनग्राड इन्टरनेशनल हस्पिटलमा उपचार हुने मुख्यमन्त्री राईका प्रेस सल्लाहकार धु्रव सुवेदीले बताउनुभयो । यसअघि उहाँ वीरअस्पताल, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, ग्राण्डी अस्पताल, नेपाल मेडिसिटीलगायतका अस्पतालमा उपचार गराउनु भए पनि रोग […]

पुरा पढ्नुहोस्

‘निष्पक्ष सेवा प्रवाह गर्नु प्रमुख दायित्व’

दाङ, १५ कात्तिक उच्च अदालत प्रदेश नं ५ का मुख्य न्यायाधीश नहकुल सुवेदीले नागरिकलाई निष्पक्ष र  छिटोछरितो सेवा प्रवाह गर्नु सबै राष्ट्रसेवक कर्मचारीको प्रमुख दायित्व भएको बताउनुभएको छ । अफिसर्स क्लब तुलसीपुरका मुख्य संरक्षक उहाँले आज नवआगन्तुक कार्यालय प्रमुखको स्वागत तथा अन्तरक्रिया कार्यक्रममा राज्यले तोकिएको जिम्मेवारीलाई सक्रिय भएर बहन गर्न कार्यालय प्रमुखलाई निर्देशनसमेत दिनुभयो । […]

पुरा पढ्नुहोस्

सहकार्य विस्तार गर्दै साझा यातायात

ललितपुर, १५ कात्तिक साझा यातायातले स्थानीय सरकार र प्रदेश सरकारसँग सहकार्य विस्तार गर्ने भएको छ । दुई वर्षपहिले काठमाडौँ महानगरपालिकाले साझा यातायातको शेयर खरीद गरेकामा अहिले ललितपुर महानगरपालिका, गोदावरी नगरपालिका र महालक्ष्मी नगरपालिकाले शेयर खरीद गरिसकेको साझा यातायातका व्यवस्थापक महेन्द्रराज पाण्डेयले बताउनुभयो । नगरवासीलाई सुविधा दिनका लागि नगरपालिकाले साझासँगको सहकार्यमा बस खरीद गर्ने र सञ्चालन […]

पुरा पढ्नुहोस्

प्रदेश लोकसेवाको निष्पक्षतामा आशङ्का रहेको :अध्यक्ष मैनाली

काठमाडौँ, १४ कात्तिक लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले ऐनबाट बनाउन थालिएको प्रदेश लोकसेवा आयोगले निष्पक्ष भएर काम गर्न नसक्ने बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कार कार्यक्रममा उहाँले यसअघि ऐनबाट बनेका विश्वविद्यालयका आयोग र अन्य आयोगमाथि प्रश्नचिह्न उठिरहेको बेला प्रदेश लोकसेवा आयोग पनि अछुतो नहुने बताउनुभयो । “ऐन संसद्को बहुमतबाट पास […]

पुरा पढ्नुहोस्

प्रदेश नं १ योजना आयोगमा प्याकुरेल

विराटनगर, १४ कात्तिक प्रदेश नं १ सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश योजना आयोग गठन गर्ने लगायत विभिन्न १२ वटा निर्णय गरेको छ । बैठकले आयोगका उपाध्यक्षमा विराटनगर निवासी मानवअधिकारकर्मी  सुबोधराज प्याकुरेल तथा सदस्यमा मीना भण्डारी र पूर्ण लक्समलाई नियुक्त गरेको छ । बैठकपछि सरकारका प्रवक्ता हिक्मत कार्कीले प्रदेश नं १ को सार्वजनिक खर्च मापदण्ड […]

पुरा पढ्नुहोस्

राष्ट्रिय योजना आयोगको भूमिका प्रभावकारी हुनुपर्छ : मुख्यमन्त्री शाही

सुर्खेत, ११ कात्तिक कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राष्ट्रिय योजना आयोगलाई प्रभावकारी भूमिका निर्वाह गर्न आग्रह गर्नुभएको छ । “अहिलेसम्म योजना आयोग केही व्यक्तिलाई व्यवस्थापन गर्ने, जागिर लगाउने संयन्त्रका रुपमा सीमित बन्यो”, उहाँले भन्नुभयो, “तीन वटै तहका सरकारका लागि योजना निर्माणमा सहयोगी भूमिका निर्वाह गर्नुपर्छ, सङ्घीय संरचनाअनुसार आफ्नो भूमिकालाई पनि बढाउनुपर्छ ।” राष्ट्रिय योजना आयोगद्वारा […]

पुरा पढ्नुहोस्