माल्दिभ्ससँग नेपाल एक गोलले पछाडि

काठमाडौँ, २७ भदौ, बङ्गलादेशको ढाकास्थित बङ्गबन्धु रङ्गशालामा जारी साफ च्याम्प्यिनसिपको सेमिफाइनल खेलमा नेपाल १–० ले पछाडि परेको छ । पहिलो हाफको खेल सकिँदासम्म नेपाल १–० गोलले पछाडि परेको हो । नवौँ मिनेटमा माल्दिभ्सका कप्तान अक्रम अब्दुल घातीले पेनाल्टी बक्सको केही बाहिर पाएको फ्री किकलाई गोलमा परिणत गरेर माल्दिभ्सलाई अग्रता दिलाएका थिए । नेपाली टोली आज […]

पुरा पढ्नुहोस्

साफ च्याम्पियनसीप : नेपाललाई इतिहास रच्ने अवसर

कुमार चौलागाई, काठमाडौँ, २६ भदौ, साफ च्याम्पियनसीपअन्तर्गत पहिलो सेमिफाइलनमा नेपालले बुधबार दिउँसो ३ः४५ बजे ढाकास्थित बङ्गबन्धु रङ्गशालामा माल्दिभ्सविरुद्ध खेल्दैछ । पच्चीस वर्षे साफ च्याम्पियनसीपको इतिहासमा बुधबार हुने सेमिफाइनल नेपालका लागि इतिहास रच्ने अवसर हो । अहिलेसम्म सेमिफाइनलभन्दा माथि नपुगेको नेपाल माल्दिभ्सलाई पराजित गर्नसके साफ च्याम्पियनसीपमा नयाँ इतिहास कायम गर्ने सफल हुनेछ । पाँचौ पटक सेमिफाइनल […]

पुरा पढ्नुहोस्

सन्दीप लामिछानेले अफगानिस्तान प्रिमियर लिग खेल्ने

काठमाडौँ, २६ भदौ, नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा स्पिनर सन्दीप लामिछानेले अफगानिस्तान प्रिमियर लिग (एपिएल) खेल्ने भएका छन् । आइतबार भएको खेलाडी छनोटमा उनलाई नङराहार टोलीले छनोट गरेको हो । लिगमा पाँच टोली सहभागी हुनेछन् । सन्दीप रहेको टोलीमा आन्द्रे रसल, तामिम इकबाल, मुजिब रहमान, बेन कटिङ, नाजिबुल्लाह तरकाइ, मिसेल मक्लीनघन, मोहमद हफिज, मुस्फिकुर रहिम, […]

पुरा पढ्नुहोस्

युएस ओपनः जोकोभिचलाई युएस ओपन लनटेनिसको उपाधि

न्यूयोर्क, २५ भदौ, नोभाक जोकोभिचले जुआँ मार्टिन डेल पोट्रोलाई पराजित गरी युएस ओपन लनटेनिसको उपाधि जितेका छन् । यो जितसँगै जोकोभिचले पिट साम्प्रासको १४ ग्रान्डस्लामको रेकर्ड बराबरी गरेका छन् । जोकोभिचले डेल पोट्रोलाई ६–३, ७–६, ६–३ को सोझो सेटमा पराजित गरेका थिए । प्रचण्ड गर्मीका कारण यस वर्षको युएस ओपनमा खेलाडीलाई सकस परेको थियो । […]

पुरा पढ्नुहोस्

प्रधानसेनापति ट्रफी शुरु

काठमाडौँ, २५ भदौ (रासस)  प्रधानसेनापति ट्रफी–२०७५ प्रतियोगिता आजदेखि राजधानीमा शुरु भएको छ । नेपाली सेनाको आयोजनामा भएको उक्त प्रतियोगिताको उद्घाटन प्रधानसेनापति पूर्णचन्द्र थापाले एक कार्यक्रमबीच गर्नुभयो । आगामी असोज ४ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा कूल १४ टोलीले प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगितामा एथ्लेटिक्स, पौडी, बक्सिङ, तेक्वान्दो, साइक्लिङ, बास्केटबल, भलिबल, फुटबल, कबड्डी र ह्याण्डबल खेलहरु समावेश […]

पुरा पढ्नुहोस्

साफ च्याम्पियनसीप  नेपालको भेट माल्दिभ्ससँग

काठमाडौँ, २५ भदौ (रासस) बङ्गलादेशको राजधानी ढाकामा जारी साफ च्याम्पियनसीपको सेमिफाइनलमा बुधबार नेपालले माल्दिभ्ससँग खेल्ने भएको छ ।गोलाप्रथाद्वारा माल्दिभ्स समूह ‘बी’को उपविजेता बनेपछि नेपालको भिडन्त माल्दिभ्ससँग हुने भएको हो । समूह ‘ए’बाट नेपाल समूह विजेता बन्दै सेमिफाइलन प्रवेश गरेको हो । त्यसैगरी भारत समूह ‘बि’ को विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको छ । भारतले समूह […]

पुरा पढ्नुहोस्

युएस ओपनको उपाधि जापानी खेलाडी नाओमी ओसाकालाई

न्यूयोर्क, २४ भदौ (राससरएएफपी), युएस ओपनको महिलातर्फको एकल प्रतिस्पर्धामा पहिलो पटक जापानी खेलाडी नाओमी ओशाकाले सेरेना विलियम्सलाई पराजित गरी उपाधि हात पारेकी छिन् । खेलका निर्णायकमाथि सेरेनाको अभद्र व्यहार र गालीगलौजका कारण खल्लो महसुस गरिएको सो खेलमा २० वर्षीया नाओमीले ६–२ र ६–४ को सोझो सेटमा सेरेनालाई पराजित गरेकी थिइन् । खेलका मुख्य निर्णायक कार्लोस […]

पुरा पढ्नुहोस्

बङ्गलादेशविरुद्धको खेलमा दुई खेलाडी परिवर्तन

काठमाडौँ, २३ भदौ बङ्गलादेशको ढाकामा जारी साफ च्याम्पियनसीप फुटबलअन्तर्गत आज साँझ हुने बङ्गलादेशविरुद्धको खेलमा नेपालले दुई खेलाडी परिवर्तन गरेको छ । नेपालले भुटानविरुद्ध खेलेका मध्ये दुई खेलाडी परिवर्तन गरेको हो । बङ्गलादेशविरुद्ध पनि गोलकिपर किरण चेम्जोङले कप्तानी सम्हाल्नेछन् । नेपालले आज अन्जन विष्टको स्थानमा भरत खवास र विशाल राईको स्थानमा निराजन खड्कालाई टोलीमा राखेको नेपाली […]

पुरा पढ्नुहोस्

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ, २२ भदौ  मलेसियामा सम्पन्न  एशिया कप छनोट प्रतियोगिता खेलेर आज नेपाली क्रिकेट टोली स्वदेश फर्किएको छ । एशिया कपमा छनोट हुने लक्ष्यसहित मलेसिया पुगेको नेपाली टोली चौथो स्थानमा रह्यो । नेपालले दुई खेलमा जित तथा तीन खेलमा हार बेहोरेको थियो । नेपालले आयोजक मलेसिया र सिङ्गापुरलाई पराजित गरेको थियो भने ओमान, संयुक्त अरब इमिरेट्स […]

पुरा पढ्नुहोस्

साफ च्याम्पियनसीप  शनिबार नेपालको अग्निपरीक्षा

काठमाडौँ, २२ भदौ (रासस)  साफ च्याम्पियनसिपअन्तर्गत शनिबार अपराह्न बङ्गलादेशको ढाकास्थित बङगबन्धु रङ्गशालामा हुने समूह चरणको अन्तिम खेल जित्न सके नेपाल सेमिफाइनलमा प्रवेश गर्नेछ । समूह चरणको पहिलो खेल गुमाए पनि दोस्रो खेलमा उत्कृष्ट पुनरागमन गरेको नेपालका लागि शनिबारको खेल अग्निपरीक्षा बराबर हो । जारी प्रतियोगितामा बङ्गलादेशले तीन गोल गरेको छ भने एक गोल पनि खाएको […]

पुरा पढ्नुहोस्