तातोपानी नाका खोल्ने तयारी भइरहेको चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुखको भनाई

चीन, ३ असोज, चीनको भ्रमणमा रहेका नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्ड र चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख (मन्त्री) सोङ ताओबीच मंगलबार भेटवार्ता भएको छ । चिनियाँ क्रान्तिको ऐतिहासिक नगरी येनान हुँदै अर्को सहर नान्जिङ आइपुगेका अध्यक्ष प्रचण्डलाई प्रमुख ताओले स्वागत गरेका थिए । भेटमा प्रचण्डले चिनियाँ कम्युनिष्ट पार्टीको महाधिवेशनले नयाँ विचार सि जिङपिङ विचारको […]

पुरा पढ्नुहोस्

संविधान दिवसका अवसरमा राष्ट्रपतिद्वारा शुभकामना

काठमाडौँ, ३ असोज, राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकमा लोकतान्त्रिक राजनीतिक प्रणालीलाई समृद्ध तुल्याउन संवैधानिक मार्गचित्रले मूर्तरूप लिने वातावरण बन्नु सबैका लागि खुशीको विषय भएको बताउनुभएको छ । संविधान दिवस तथा राष्ट्रिय दिवस २०७५ का अवसरमा शुभकामना सन्देश दिनुहुँदै उहाँले संविधानले सामाजिक न्यायमा आधारित समतामूलक समाजको परिकल्पना गर्दै समाजवादउन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको उल्लेख गर्नुभएको छ […]

पुरा पढ्नुहोस्

संविधान दिवसका अवसरमा उपराष्ट्रपतिद्वारा शुभकामना

काठमाडौँ, ३ असोज, उपराष्ट्रपति नन्दबहादुर पुनले संविधानले कल्पना गरेको समाजवाद उन्मुख व्यवस्था र नेपाल सरकारले अगाडि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’का नारा पूरा गर्न देश आर्थिक सामाजिक रुपान्तरणसहितको समुन्नति र समृद्धिको मार्गमा द्रुत गतिमा अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभएको छ । संविधान दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले नेपाली जनताको स्वतन्त्रता, राष्ट्रिय स्वाधीनता, भौगोलिक […]

पुरा पढ्नुहोस्

संविधान दिवसका अवसरमा प्रधानमन्त्रीद्वारा शुभकामना

काठमाडौँ ३ असोज, प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका नेपालीप्रति शुभकामना व्यक्त गर्नुभएको छ । संविधान दिवसका अवसरमा एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले आन्दोलनमा ज्यान गुमाउनुभएका शहीदप्रति हादिक श्रद्धाञ्जलि अर्पण गर्दै मुलुकलाई विधिको शासनमा बाँध्न अतुलनीय योगदान गर्नुहुने सम्पूर्ण देशवासीप्रति हार्दिक आदर व्यक्त गर्नुभएको छ । प्रधानमन्त्रीले सात […]

पुरा पढ्नुहोस्

संविधानले एकताबद्ध भई अगाडि बढ्न प्रेरित गर्ने : राष्ट्रियसभाका अध्यक्ष

काठमाडौँ, ३ असोज, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिम्सिनाले सदियौँदेखि पछि परेका समुदायलाई राज्यको मूल प्रवाहीकरण गर्न वर्तमान संविधानले दिशानिर्देश गरेको बताउनुभएको छ । संविधान दिवस–२०७५ अवसरमा आज एक शुभकामना दिँदै उहाँले समाजवाद उन्मुख राष्ट्र निमार्ण गर्ने लक्ष्य लिएको संविधानले नागरिकका राजनीतिक, आर्थिक, सामाजिक एवं सांस्कृतिक हकअधिकार सुनिश्चित गरेको उल्लेख गर्नुभएको छ । वर्तमान संविधानको सफल कार्यान्वयन […]

पुरा पढ्नुहोस्

संविधानले सबै वर्ग, क्षेत्रका जनताको हकअधिकार प्रत्याभूत गरेको छ : मुख्यमन्त्री राई

विराटनगर, ३ असोज, प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले चौथो संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । सन्देशमा उहाँले नेपाली जनताको लामो सङ्घर्ष, बलिदान र प्रतीक्षापछि संविधान प्राप्त भएको आजको दिन हर्षोल्लासका साथ मनाउनसमेत […]

पुरा पढ्नुहोस्

सन्दर्भ संविधान दिवसः संविधानको प्रभावकारी कार्यान्वयनबाट मुलुक समृद्ध

भरत केसी, बुटवल, ३ असोज, संविधानको प्रभावकारी कार्यान्वयनबाट समृद्ध मुलुक निर्माण गर्ने विषयमा अहिले नेपालीहरुबीच व्यापक बहस भइरहेको छ । संविधान निर्माण भएको तीन वर्षसम्म पनि यसको प्रभावकारी कार्यान्वयन हुनुपर्ने विषयमा व्यापक बहस भइरहेको हो । सङ्घ, प्रदेश र स्थानीय तहका एकल र साझा अधिकारका विषयमा कानून निर्माण गरी संविधानको प्रभावकारी कार्यान्वयनलाई जोड दिन थालेका […]

पुरा पढ्नुहोस्

‘संविधान सर्वस्वीकार्य बनाउने जिम्मा सरकारको’

काठमाडौँ, ३ असोज, नेपाली काङ्ग्रेस सांसद प्रदीप गिरीले संविधानलाई सर्वस्वीकार्य बनाउने मुख्य जिम्मेवारी सरकारको भएको बताउनुभएको छ । प्रतिनिधिसभा मङ्गलबारको बैठकको विशेष समयमा बोल्दै उहाँले भन्नुभयो, “काङ्ग्रेस सरकारमा नरहँदा पनि प्रतिक्रियावादी र षड्यन्त्रकारीलाई सहयोग गर्दैन, आवश्यक परेको बेलामा सरकारलाई सहयोग गर्छ ।” उहाँले काङ्ग्रेस सधैँ सत्यको पक्षमा अडिग रहेको बताउनुभयो । कञ्चनपुरकी बालिका निर्मला पन्तको […]

पुरा पढ्नुहोस्

आज संविधान दिवस मनाइँदै

काठमाडौँ, २ असोज, नेपालको संविधान जारी भएको तेस्रो वर्ष पूरा भई चौथो वर्षमा प्रवेश गरेको अवसरमा आज बुधबार संविधान दिवस मनाइदैछ । यसै दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष रहेको संविधान दिवस मूल समारोह समितिले अहिले बिहान सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरिएको छ । समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, राष्ट्रियसभाका अध्यक्ष, सभामुख, संवैधानिक […]

पुरा पढ्नुहोस्

प्रदेश नं ३ : स्थायी राजधानी तोक्न माग

हेटौँडा, २ असोज प्रदेश नं ३ को प्रदेशसभा बैठकको विशेष समयमा बोल्ने सदस्यले स्थायी राजधानी आग्रह गर्नुभएको छ । प्रदेशसभाको आजको बैठकमा उहाँहरुले  प्रदेशका जनतालाई विकासको पूर्वाधारका साथै आर्थिक समृिद्धतर्फ लैजान आवश्यक भएकाले स्थायी राजधानीको प्रस्ताव बैठकमा ल्याई यथाशीघ्र छलफल गर्न सरकारसँग माग गर्नुभएको हो । उहाँहरुले देशमा बढ्दै गएको बालबालिका, किशोरी र वृद्धालाई बलात्कार […]

पुरा पढ्नुहोस्