जानकी मन्दिरलाई स्वच्छ राख्न गुरूयोजना

जनकपुरधाम, १६ असोज प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले विश्वकै धरोहरका रूपमा रहेको जानकी मन्दिरलाई स्वच्छ राख्न गुरूयोजना तयार गरिसकेको बताउनुभएको छ । महात्मा गान्धी स्मृति प्रतिष्ठानद्वारा आज यहाँ आयोजित ‘गान्धीको स्वच्छता र राजनीतिक स्वतन्त्रता’ विषयक संगोष्ठीमा उहाँले प्रदेशलाई हरित र स्वच्छ बनाउन प्रदेश सरकार अग्रसर भएको बताउनुभयो । मुख्यमन्त्री राउतले स्वच्छता गैरसरकारी संस्थाको […]

पुरा पढ्नुहोस्

लिच्छविकालीन ढुङ्गेधारा मर्मत गरिँदै

काठमाडौँ, १६ असोज काठमाडौँ महानगरपालिका १ वडाले  चालु आर्थिक वर्षमा ढुङ्गेधारा मर्मतलाई प्राथमिकता दिएको छ । उक्त वडामा रहेका चार ढुङ्गेधारा मर्मत गर्नुपर्ने भएकाले यसवर्ष प्राथमितामा राखिएको वडाध्यक्ष भरतलाल श्रेष्ठले जानकारी दिनुभयो । उक्त वडाको विकास निर्माणका लागि गत आर्थिक वर्षमा रु दुई करोड बजेट विनियोजन गरिएकामा चालु आर्थिक वर्षमा रु तीन करोड बजेट लागि […]

पुरा पढ्नुहोस्

पितृ उद्धारका लागि मुक्तिनाथमा तीर्थालुको भीड

वासुदेव पौडेल/निरज थकाली पोखरा, १४ असोज हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुक्तिनाथमा पितृ उद्धार गर्न   तीर्थालु बढेका छन् । प्रत्येक वर्ष आश्विन कृष्ण पक्ष(पितृ पक्ष) का अवसरमा कागबेनीमा पिण्डदान गरी मुक्तिनाथको दर्शन गरेका पितृ उद्धार हुने विश्वासले  देशका विभिन्न भागका  दर्शनार्थी मुक्तिनाथ पुग्ने गर्दछन् । मुक्तिनाथ जाने दर्शनार्थीको चाप पोखरादेखि पर्वत, म्याग्दीसम्म पुग्ने गर्दछ […]

पुरा पढ्नुहोस्

पुलुकिसी जात्रा आज मनाइदै

भादगाउँ, १३ असोज (रासस) इन्द्रजात्राको अन्तिम दिन आज भक्तपुरमा धार्मिक तथा ऐतिहासिक महत्व बोकेको परम्परागत पुलुकिसी (ऐरावत हात्ती) जात्रा मनाइदैछ । स्थानीय लाकुलाछेंटोलबाट शुरु हुने पुलुकिसी जात्रा भक्तपुर नगरको बुलुचा, नासमना, वंशगोपाल इटाछे., दरबारस्क्वायर, त्रिपुरासुन्दरी, चोछें, भोलाछें, नागपोखरी, गछें, सूर्यमढी, तचपाल, गोलमढी, सुकलढोकालगायतका स्थानको परिक्रमा गर्ने प्रचलन छ । भक्तपुरको लाकुलाछें टोलका बासिन्दाले बाँसको मान्द्रोले […]

पुरा पढ्नुहोस्

बज्रयोगिनी मन्दिर निर्माण अन्तिम चरणमा

साँखु, १३ असोज, शङ्खरापुर नगरपालिकाको साँखुबाट उत्तरतिर मणिचुड पर्वतस्थित बज्रयोगिनी मन्दिर (गुँ विहार) पुनःनिर्माणको अन्तिम चरणमा पुगेको छ । २०७२ वैसाख १२ गतेको महाभूकम्पले पूर्णरूपमा क्षति बनाएको साँखुको प्राचीन ऐतिहासिक मन्दिर निर्माणले तीव्रता पाएपछि निर्माण सम्पन्नको अन्तिम चरणमा पुगेको हो । तेस्रो तलासम्म निर्माण गरिने उक्त मन्दिर पुरातत्व विभागले निर्माण शुरु गरेको थियो । बहुवर्षीय […]

पुरा पढ्नुहोस्

बालकरामले पहिलो पल्ट छेडे जिब्रो

रमेश गिरी, भक्तपुर, १० असोज, मध्यपुर थिमी नगरपालिका–५ चोडेका ४० वर्षीय बालकराम श्रेष्ठले जिब्रो छेड्नुभएको छ । उहाँले मङ्गलबार राति ८ बजे मध्यपुरथिमी नगरपालिका दिगु भैरव मन्दिरको मण्डपमा जिब्रो छेड्नुभएको हो । विसं २०६३ देखि रोकिएर गत वर्षदेखि शुरु भएको थिमीको जिब्रो छेड्ने जात्रालाई निरन्तरता दिन यस वर्ष उहाँले हजारौं मानिसको अगाडि जिब्रो छेड्नु भएको […]

पुरा पढ्नुहोस्

पर्यटकीय क्षेत्रको विकास नै समृद्धिको आधार हो : कार्यवाहक प्रम

काठमाडौँ, ९ असोज कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले धार्मिक, सांस्कृतिक तथा पर्यटकीय क्षेत्रको विकास नै समृद्धिको आधार भएको बताउनुभएको छ । यहाँको टोखामा आज आयोजित सांस्कृतिक बाजा हस्तान्तरण कार्यक्रममा कार्यवाहक प्रधानमन्त्री पोखरेलले संस्कृतिकको संरक्षण र संवद्र्धन गर्दै समृद्धिमा लाग्नुपर्नेमा जोड दिनुभयो । राष्ट्र निर्माण तथा आर्थिक विकास अहिलेको आवश्यकता रहेको भन्दै उहाँले तीन तहका […]

पुरा पढ्नुहोस्

इन्द्रदह मेला लोकप्रिय बन्दै

कृष्णराज गौतम काठमाडौँ, ९ असोज धार्मिक तथा ऐतिहासिक महत्व बोकेको दहचोकस्थित इन्द्रदह मेला लोकप्रिय बन्दै गएको छ । चन्द्रागिरि नगरपालिका–१ मा पर्ने उक्त स्थान पर्यटकीयस्थलको रूपमा विकसित हुँदै गएकाले पनि यहाँ सर्वसाधारणको आकर्षण बढेको हो । प्रत्येक वर्ष भाद्र शुक्ल पूर्णिमाका दिन इन्द्रदह स्नानका लागि यहाँ मेला लाग्ने गर्दछ । मेला भर्नका लागि काठमाडौँ तथा […]

पुरा पढ्नुहोस्

हनुमानढोकामा इन्द्रजात्राको रौनक (फोटोफिचर)

काठमाडौँ, ८ असोज, वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजाराधना गरी मनाइने परम्परागत इन्द्रजात्रा काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत स्थानमा पनि मनाइन्छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोकाअगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाइन्छ । यसरी लिङ्गो ठड्याइने प्रक्रियालाई ‘इन्द्रध्वजोत्थान’ पनि […]

पुरा पढ्नुहोस्

नेपाली काष्ठकलामा सामग्रीका आकर्षण

काठमाडौँ, ८ असोज नेपाल फर्निचर तथा फर्निसिङ सङ्घले आयोजना गरेको फर्निचर मेलामा नेपाली परम्परागत तथा मौलिक काष्ठकलाका सामग्रीमा अवलोकनकर्ताको प्रमुख आकर्षण रहेको पाइएको छ । यही असोज ४ गतेदेखि सुरु भएको मेला आज सकिएको आयोजकले जनाएको छ । मेलामा ७५ हजार बढीले अवलोकन गरेका छन् । अधिकाशंले विदेशीभन्दा नेपाली काष्ठकलालाई नै मन पराएको सङ्घका अध्यक्ष […]

पुरा पढ्नुहोस्