एकल महिलालाई आत्मनिर्भर बनाउन समूह  गठन

पाल्पा, २७ कात्तिक रिब्दीकोट गाउँपालिकाले एकल महिलालाई उद्यमशीलताको विकासबाट आत्मनिर्भर बनाउन प्रत्येक वडामा समूह गठन गरेको छ । गाउँपालिकाले प्रत्येक वडामा पाँच सदस्यीय समिति गठन गरेको छ । अहिलेसम्म रिब्दीकोटको आठ वडामा समिति गठन भइसकेको छ । समितिले एकल महिलाको माग सङ्कलन गर्नेछ । मागका आधारमा गाउँपालिकाले एकल महिलालाई सहयोग गर्नेछ । चालु आव २०७५÷७६ […]

पुरा पढ्नुहोस्

हर्षोल्लासपूर्वक छठ मनाइँदै

जनकपुरधाम, २७ कात्तिक शुद्धता, सद्भाव र आस्थाको पर्व छठ आज यहाँ श्रद्धा एवं हर्षोल्लासपूर्वक मनाइँदैछ । श्रद्धालुले यहाँका इतिहास वर्णित सरोवर गङ्गासागर, धनुषसागर, रामसागर, रत्नसागर, विहारकुण्ड, रूकमिणी सरोवर, अरगजा, महाराजसागर र अग्निकुण्डलगायतका कुण्ड, पोखरी, तलाउमा छठ पर्व गए रातिदेखि नै मनाइरहेका छन् । गए राति खरना सम्पन्न भएदेखि नै श्रद्धालुले जलाशयमा बनाइएको घाटमा पूजा सामग्री […]

पुरा पढ्नुहोस्

प्रचण्ड र बादलको पारिवार नै नुहाउन तातोपानीमा !

काठमाडौं, २६ कात्तिक, नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्ड र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ परिवारसहित नुहाउन आज बिहान म्याग्दीको तातोपानी पुगेका छन् । जीवन संगिनी सीता दाहालको उपचारको क्रममा चिकित्सकले तातोपानीमा डुबुल्की मार्ने सल्लाह दिएपछि प्रचण्ड परिवारसहित तातोपानी पुगेका हुन् । प्रचण्डसँग जीवन संगिनी सीता दाहाल, छोरी गंगा दाहाल र स्वकीय सचिव जोखबहादुर महरा ‘प्रताप’ पनि गएका […]

पुरा पढ्नुहोस्

मङ्सिर ३ गतेदेखि राष्ट्रिय परिचयपत्र वितरण हुने

फिदिम, २६ कात्तिक आगामी मङ्सिर ३ गतेदेखि राष्ट्रिय परिचयपत्र वितरणको कार्य शुरु हुने भएको छ । नेपालमै पहिलो पटक पाँचथर जिल्लाबाट राष्ट्रिय परिचयपत्र वितरण हुन लागेको हो । गत असार ५ गतेदेखि राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन भइरहेको पाँचथर जिल्लामा यही मङ्सिर ३ गते राष्ट्रिय परिचयपत्र वितरण शुरु गरिने राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक […]

पुरा पढ्नुहोस्

स्थायी राजधानी तोक्न सहमति खोजिदैँ : मुख्यमन्त्री पौडेल

हेटौँडा, २६ कात्तिक प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रमुख राजनीतिक दलसँगको परामर्श र सहमतिमा हेटौँडालाई प्रदेशको स्थायी राजधानी तोक्ने प्रयासमा सरकार लागिपरेको बताउनुभएको छ । राष्ट्रिय समाचार समिति (रासस)सँग आज कुराकानी गर्दै उहाँले भन्नुभयो, “ प्रदेशको स्थायी राजधानी तोक्ने विषयमा सहमति हुने वित्तिकै प्रदेशसभाको नियमित बैठक सञ्चालन हुनेछ ।” मुख्यमन्त्री पौडेलले प्रदेश नं. […]

पुरा पढ्नुहोस्

मेची नदीमा पाँच हजार पूजास्थल

भद्रपुर, २६ कात्तिक पूर्वकै ठूलो छठ पूजास्थलका रूपमा परिचित भद्रपुरस्थित मेची नदीमा भव्यताका साथ समावेशी छठ पूजा स्थल निर्माण धमाधम भइरहेको छ । भद्रपुरस्थित मेची नदीमा मनाइँदै आएको छठ पूजामा पाँच हजार पूजा स्थल (घाट) सहित तीन किलोमिटर क्षेत्रमा नदीको वारिपारि दुवैपट्टिबाट सबै समुदायको समान सहभागिता हुने गरी पूजास्थल निर्माण भइरहेको हो । पछिल्ला वर्षमा […]

पुरा पढ्नुहोस्

झापा रबर उत्पादनमा अगाडि, मागअनुसार भने उत्पादन हुन सकेन

केशवराज भण्डारी, झापा, २६ कात्तिक, नेपालमा रबर खेतीको सुरुवात झापाबाट भएको मानिन्छ । गोरखकाली रबर उद्योगको स्थापनापछि २०४७ सालदेखि नै झापाको शनिश्चरेबाट नेपालमा रबर खेतीको सुरुवात भएको बताइन्छ । रबर उत्पादनका हिसाबले पनि झापा अगाडि छ तर, बजारीकरणको समस्याका कारण यहाँका कृषकले अपेक्षा गरे अनुसार रबरबाट आम्दानी लिन सकिरहेका छैनन् । रबर एक बहु उपयोगी […]

पुरा पढ्नुहोस्

अबको आन्दोलन विकास र उत्पादनका लागि : नेता शर्मा

रुकुम, २६ कात्तिक नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता जनार्दन शर्माले अबको आन्दोलन विकास र उत्पादनको भएको बताउनुभएको छ । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–१ मा आयोजित पालाकोट धार्मिक तथा पर्यटन महोत्सवको आज उद्घाटन गर्दै उहाँले राजनीतिक आन्दोलन पूरा भएको बताउनुभयो । “नेपालमा लामो समय राजनीतिक आन्दोलन चल्यो र निष्कर्षमा पुग्यो”, उहाँले भन्नुभयो, “अबको आन्दोलन भनेको विकास […]

पुरा पढ्नुहोस्

मध्यपुरमा राष्ट्रव्यापी मेयर कप चेस प्रतियोगिताको आयोजना

भक्तपुर, २६ कात्तिक   मध्यपुरथिमि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी जन्माउने उद्देश्यले मध्यपुरथिमि नगरपालिकामा पहिलोपटक राष्ट्रव्यापी मेयर कप चेस प्रतियोगिता आयोजना हुने भएको छ । मध्यपुरथिमि नगरपालिका–४ कार्यालयले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा यो जानकारी दिएको हो । कार्यक्रममा नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले मध्यपुर थिमि नगरपालिकाले वार्षिक रुपमा बजेट नै छुट्याएर विभिन्न खेलमा खेलाडीको विकास गर्ने, […]

पुरा पढ्नुहोस्

सरकारले भताभुङ्ग बनाएका काम टाल्दैछ : उपनेता नेम्वाङ

इलाम, २६ कात्तिक नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपनेता सुवास नेम्वाङले मुलुक सङ्घीयतामा गएपछि नयाँ ढङ्गले काम गर्नु पर्दा सरकारको काममा केही ढिलासुस्ती भएको बताउनुभएको छ । आज यहाँ आयोजित पार्टी जिल्ला कमिटीले आयोजना गरेको चियापान समारोहमा बोल्दै नेम्वाङले भन्नुभयो, “पुराना सरकारले भताभुङ्ग बनाएका कामलाई सम्हाल्दैमा बित्दैछ ।” उपनेता नेम्वाङले आफूहरुले जे प्रतिबद्धता गरेर चुनावमा मत […]

पुरा पढ्नुहोस्