गिट्टी कुटेर जीविका चलाउँदै भूकम्प र पहिरोबाट विस्थापितहरू

रामहरि न्यौपाने, बेत्रावती, २७ असोज, विनाशकारी भूकम्प र पहिरोका कारण रसुवाको विभिन्न बस्तीबाट विस्थापित भएका व्यक्तिको पुनःस्थापनामा ढिलाइ हुँदा उनीहरुको दैनिकी कष्टकर बन्दै गएको छ । भूकम्पका कारण विस्थापित भएकालाई राहत वितरण र जीविकोपार्जनलगायत कार्यमा सहयोग पुर्याउने संस्था बाहिरिएको र सरकारी सहयोग नहुँदा उनीहरुलाई दैनिकी चलाउन कठिनाइ भएको हो । रसुवाको हाकु, डाँडागाउँ, ठूलोगाउँलगायत स्थानबाट […]

पुरा पढ्नुहोस्

‘निर्बन्ध आकाश’ र ‘उन्मुक्त किनारा’ लिएर आए भोजराज

काठमाडौं, २७ असोज, पूर्वमुख्यसचिव तथा क्यानडाका लागि नेपाली पूर्वराजदूत डा. भोजराज घिमिरे एकै साथ दुईवटा गजलकृति लिएर आएका छन् । बिहीबार राजधानी काठमाडौंमा उक्त दुवै कृतिको वरिष्ठ गीतकार रत्नशमशेर थापाले विमोचन गरे । पछिल्लो समय नेपाली गजलमा व्यापक प्रयोग भइरहेको र अत्यन्तै विवादको कारण पनि बनिरहेको छन्द/बहरमै केन्द्रित रहेर लेखिएका २०१ गजलहरूको कृति हो– ‘निर्बन्ध […]

पुरा पढ्नुहोस्

राउटे बस्तीमा दशैंको चटारो

प्रकाश अधिकारी, सुर्खेत, २७ असोज, यतिबेला गाउँ शहर जताततै दशैँको रौनक छाइसकेको छ । दशैँ मनाउन गाउँघर फर्कनेदेखि शहर–बजारमा किनमेल गर्नेको भीडभाड पनि बाक्लो छ । हिन्दू समुदायको महान् पर्व दशैँको स्वागतका लागि गाउँ–शहरमा मात्र होइन, जङ्गलका राउटे समुदायसमेत भव्य तयारीमा जुटेका छन् । राउटे तीन दिनअघि दैलेखबाट सुर्खेतको लेकबेँसी नगरपालिका–९ ज्यामिरे जङ्गलमा सरेका हुन् […]

पुरा पढ्नुहोस्

डिकी वा छतभित्र पशुपक्षी ढुवानी गरे कारवाही

काठमाडौँ, २७ असोज, पशुसेवा विभागले पशुसेवा ऐन २०५५, नियमावली २०५६ तथा पशु ढुवानी मापदण्ड २०६४ पालना गर्न व्यवसायीसँग आग्रह गरेको छ । सो मापदण्डमा पशुपक्षी ढुवानी गर्दा उनीहरुलाई याताना हुनेगरी नाकमा डोरी लगाउने, पुच्छर वा खुट्टा बाध्ने, क्षमताभन्दा बढी पशु राख्ने, साना तथा ठूला पशुलाई एकै ठाउँमा राखी ढुवानी गर्ने जस्ता गतिविधिमा प्रतिबन्ध लगाइएको छ […]

पुरा पढ्नुहोस्

नवरात्रमा नवदुर्गा पूजा र यसको महत्त्व

– प्रा. स्व. जयराज पन्त ‘घट’ भनेको ‘घडा’ वा ‘कलश’ र ‘स्थापना’ भनेको ‘राख्नु’, ‘स्थापित गर्नु’, ‘निर्दिष्ट ठाउँमा विधिवत् स्थापन गर्नु’ हो । शब्दार्थले यस प्रकारको आशय व्यक्त गरे जस्तै चलनले पनि यस्तै कुरालाई संवहन गरेको छ । धार्मिक कार्यमा विशेष प्रक्रिया र पद्धतिअनुसार कलश स्थापना गर्नु नै घटस्थापना हो । नवरात्रीको प्रस्तुत पर्वमा नौ […]

पुरा पढ्नुहोस्

उपत्यकाबाट बाहिरिने यात्रुको सङ्ख्यामा वृद्धि

काठमाडौँ, २६ असोज, दशैँ नजिकिएसँगै उपत्यकाबाट बाहिरिने यात्रुको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार उपत्यकाका विभिन्न नाकाबाट दैनिक एक लाखभन्दा बढी यात्रु बाहिरिने गरेका छन् । उपत्यकाको थानकोट, जगाती, दक्षिणकाली र बालाजु नाका हुँदै यात्रु बाहिरिने गरेका छन् । महाशाखाका प्रवक्ता एवं प्रहरी उपरीक्षक राजकुमार लम्सालका अनुसार असोज २३ गते […]

पुरा पढ्नुहोस्

प्रहरीप्रति नागरिकको पूर्ण अविश्वास !

– डिल्ली रमण सुवेदी आजभन्दा ठ्याक्कै साढे दुई महिना अघि अर्थात् साउन १० गते बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको हत्यारा आजसम्म पनि पत्ता लाग्न सकेको छैन । अनुसन्धानको बहानामा केही व्यक्तिहरुलाई पक्राउ गरी छाडिएको छ । निक्कै गम्भीर रुपमा लिइएको सो घटनामा संलग्न भएको आशंकामा प्रहरीकै तल्लो तहदेखि माथिल्लो तहसम्मका प्रहरीहरुको पोलिग्राफ परीक्षण भइसकेको छ […]

पुरा पढ्नुहोस्

बलात्कार र चोरी गरेको अभियोगमा घर्ती पक्राउ

मुसिकोट, २६ असोज, रुकुम पश्चिममा एक युवक बलात्कार अभियोगमा पक्राउ परेका छन् । रुकुम पूर्वको पुथाउत्तरगङ्गा गाउँपालिका–५ हुकामका ३० वर्षीय सुविन्द्र घर्ती पक्राउ परेका हुन् । मुसिकोट नगरपालिकाकी एक महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा घर्तीलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख सुमित खड्काले बताउनुभयो । पक्राउ परेका घर्तीले पीडित महिलाको एक थान मोबाइल र रु १६ […]

पुरा पढ्नुहोस्

मापसे गर्नुहुन्छ ? ट्राफिकको परीक्षा दिन तयार हुनुहोस् !

मनोज दाहाल, विराटनगर, २६ असोज, के तपार्इं मादक पदार्थ सेवन (मापसे) गरी सवारी साधन चलाउने गर्नुहुन्छ ? छ भने अब मोरङ प्रहरीले लिने ट्राफिक परीक्षा दिन तयार हुनुहोस् । जिल्ला प्रहरी कार्यालय, मोरङ र जिल्ला ट्राफिक प्रहरीले मापसे गरी सवारी साधन सञ्चालनका कारण हुने दुर्घटना नियन्त्रण गर्न यो नयाँ अभियान सञ्चालन गरेको हो । मापसे […]

पुरा पढ्नुहोस्

डोटेली संस्कृतिमा दमाईं जातिको भूमिका

– बद्री शर्मा ‘बिनाडी’ (पिएच.डी) सारसंक्षेप प्रस्तुत कार्यपत्रमा दमाई जातिको परिचय, डोटेली लोकजीवनले मनाउँदै आएका चाडपर्व, संस्कारकर्म, जात्रा र सामुहिक कामहरूमा दमाईको उपस्थिति र भूमिकाको बारेमा चर्चा गरिनुका साथै दमाईले बजाउने बाजाका घाई र तालहरूका बारेमा चर्चा गरिएको छ । आज सो जातिले परम्परागत पेशा छोड्दै गएको कारण र यसको संरक्षणको आवश्यकता बारे उल्लेख गरिएकोे […]

पुरा पढ्नुहोस्