जम्मू काश्मिरका जनताको आत्मनिर्णय अधिकार विषयक अन्तरक्रिया सम्पन्न

मुख्य समाचार राजनीति विषेश समाचार

काठमाडौँ । काठमाडौंस्थित पाकिस्तानी दूतावासले जम्मू काश्मिरका जनताको आत्मनिर्णयको अधिकार विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । आइतबार सम्पन्न सो अन्तरक्रिया कार्यक्रममा मानवअधिकार संगठनका प्रतिनिधी, विश्लेषक, लेखक तथा विभिन्न टेलिभिजनका प्रतिनिधिहरु लगायत २५ जनाको सहभागीता रहेको थियो । सो कार्यक्रममा पाकिस्तानका राष्ट्रपति, प्रधानमन्त्री तथा विदेश मन्त्रीले जम्मू काश्मिरका जनताको आत्मनिर्णयको अधिकारका विषयमा जारी गर्नुभएको विज्ञप्ति पढेर सुनाईएको थियो ।

सो विज्ञप्तिका अनुसार पाकिस्तानका राष्ट्रपति आरिफ अल्वीले भारत अधिनस्त जम्मू र काश्मिर को वर्तमान स्थिती इतिहासकै सबै भन्दा खराब रहेको बताउनु भयो । राष्ट्रपति आरिफ का अनुसार ती क्षेत्रका जनता उनीहरुको मौलिक अधिकारबाट बञ्चित छन् । ती अधिकारहरुमा जीवन, खानपान, स्वास्थ्य, अभिव्यक्ति स्वतन्त्रता, विधान सभा तथा आत्मनिर्णयको अधिकारहरु पर्दछन् ।

प्रेस विज्ञप्तिका अनुसार प्रधानमन्त्री इमरान खानले कश्मिरी जनताले आत्मनिर्णयको अधिकार प्राप्त नगरेसम्मको लागि पाकिस्तानको तर्फबाट वलियो नैतिक, राजनीतिक तथा कुटनीतिक समर्थन कायम रहने बताउनु भयो । 

पाकिस्तानका विदेश मंत्री शाह महमूद कुरैशीले भन्नुभयो कश्मिरका जनतामाथि भारतले ५ अगस्त २०१९ मा जारी गरेको अवैधानिक तथा एकतर्फी कारवाहीको उद्देश्य IOJ & K को विवादित स्थितीलाई परिवर्तन गर्नु र कश्मिरी जनताको आत्मनिर्णयको अधिकारलाई कमजोर पार्नु थियो ।

 सो कार्यक्रममा नेपालका लागि पाकिस्तानी राजदूत मजहर जावेदले उक्त विवादको उत्पत्ति र संयुक्त राष्ट्रसंघीय संसदका प्रस्तावहरु स्मरण गर्दै जम्मू कश्मीरका जनतालाई उनीहरूको आत्मनिर्णयको अधिकारको प्रत्याभूति गराउनु भयो। उहाँले भन्नु भयो कि यी प्रस्तावहरू कार्यान्वयन नहुँदा IOJ  र कश्मीरका जनताले पिढीदरपिढी पीडा भोग्नुपरेको र यस क्षेत्रको शान्ति र स्थायित्वलाई चुनौती पुगेको छ ।

कार्यक्रमका सहभागीहरूले काश्मिरमा मानवअधिकारको बिग्रँदै गइरहेको स्थितिमा गम्भीर चिन्ता व्यक्त गरे  । जहाँ  ५ महिना सम्म लाखौं जनतामाथि दबाब थोपरिएको थियो । सो अन्तरक्रिया कार्यक्रमको प्रश्नोत्तर सत्रमा कार्यक्रममा सहभागी पत्रकार, विश्लेषकहरुले कश्मिरको इतिहास, मानवअधिकार र विवादित क्षेत्रको भविष्यका बारेमा सोधिएका विभिन्न प्रश्न्हरुको पाकिस्तानी राजदूतले जवाफ दिनुभएको थियो । कार्यक्रम आयोजना गरिएकोमा सहभागीहरुले धन्यवाद ज्ञापन समेत गरेका थिए ।