दीपिकाले मनाइन् जन्मदिन

फोटो फिचर मनोरञ्जन मुख्य समाचार विषेश समाचार

बलिउड अभिनेत्री दीपिका पादुकोणले ३४ औं जन्मदिन भब्य रुपमा मनाइन् । मुम्बईमा आफ्ना विशेष साथीसर्कल र आफन्तबीच केक काटेर जन्मदिन मनाएको मिडियाले जनाएका छन् ।

सन् १९८६ को जनवरी ५ मा जन्मिएकी दीपिका ३४ वर्ष पुगेकी छिन् । सन् २००५ देखि बलिउडमा अभिनय थालेकी दीपिकाले ओम शान्ति ओम (२००७), लाभ आज काल (२००९), ककटेल (२०१२), चेन्नई एक्सप्रेस (२०१३), पिकू (२०१५), पद्मावत (२०१८) जस्ता सफल फिल्म खेलेकी छिन ।

दीपिकाले सन् २०१८ मा को-स्टार रणवीर सिंहसँग विवाह गरेकी छिन् ।