मन्त्री महासेठको दाबी : ‘आर्थिक वृद्धिद्धरमा विश्वका १७० देशलाई पछिपार्दै नेपाल टप’

आजको बजार मुख्य समाचार विषेश समाचार

काठमाडौं, २७ साउन, २०७६ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले नेपालको बारेमा अहिले विश्वभरि प्रशंसा भैरहेको स्पष्ट पारेका छन । उनले अहिले आर्थिक वृद्धिको दरले र विकास निर्माणको दृष्टिकोणले वर्तमान सरकार विकासिल देशहरुमध्ये डेढ सय देशहरुलाई पछाडि पार्दै अगाडि बढेको दाबी गरे ।

उनले भने,‘आर्थिक समृद्धिमा हामी विश्वका १७० देशलाई पछिपार्दै टप पोजिशनमा आएका छौैं । आज हामी अन्तर्राष्ट्रिय पत्रपत्रिकार हेरौं, विकासिल देशहरुले यो डेढ वर्षभित्रमा जति राम्रो गरिरहेका छन्, त्यसको टप स्थानमा आज नेपाल पुगेको छ । हामी आएको डेढ वर्ष भएको छ, यो अवधिमा यति राम्रो ईम्प्रुभ गर्नु राम्रो कुरा हो । तर, हामीले धेरै गरिसक्यौं भन्नेपनि होईन, भर्खर भर्खर पाईला टेक्दै गरेको अवस्थामा हिजोको भन्दा धेरै राम्रो काम गरेका छौं ।’

उनले वर्तमान सरकारले विकास र समृद्धिको मामिलामा फड्को मारेको दाबी गरेका छन् । उनले भने, ‘यो सरकारले विकास र आर्थिक वृद्धिमा ठूलो फड्को मारेको छ । हामी समृद्ध नेपाल, सुखी नेपालीको नाराअनुसार नै अघि बढिरहेका छौं ।’ सरकारले आगामी साँढे तीन वर्षभित्र नेपालले दोहोर अंकको आर्थिक वृद्धि हाँसिल गर्ने महासेठको दाबी छ ।

मन्त्री महासेठले भौतिक पूर्वाधारलगायतका विकास निर्माणका कामपनि रेकर्ड नै ब्रेक गर्नेगरि भएको सुनाए । उनले भने,‘प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनअनुसारनै मैले काम गरिरहेको छु । हामी दश वर्षभित्र १५ हजार किलोमिटर नयाँ सडक बनाउँछौं । त्यस्तै २८ सय किलोमिटरको रेलमार्गले जोड्छौं ।’