दुई मुक्तक — लीलाराज दाहाल

मुख्य समाचार साहित्य


या त उसले प्रेम गर्न नजानेको हुनुपर्छ
या त उसको कुरा प्रेमिकाले नमानेको हुनुपर्छ
प्रेमको तलाउ नत्र यसरी सुक्ने नै थिएन
या त प्रेमलाई ठूलो कुरा नठानेको हुनुपर्छ ।


आस्था र बिश्वास तिनको खण्डित देखिन्छ
साधु र सन्त नै अक्सर दण्डित देखिन्छ
खै कसरी पो अब यो दुनियाँमा इमान रहला
मूर्ख र लठैत पो अचेल खाँटी पण्डित देखिन्छ !

बागमती ११, कर्मैया, सर्लाही