वडा सदस्य थारुको निधन

प्रदेश मुख्य समाचार

सन्तोष पौडेल, बर्दिया, २४ साउन, २०७६, राजापुर नगरपालिका वडा नं. – १ का वडा सदस्य लाहानु थारुको निधन भएको छ । मृगौला तथा कलेजोमा आएको समस्याका कारण २१ दिनदेखि शिक्षण अस्पताल नेपालगंज मा उपचार गराइरहेका ३५ वर्षीय थारुको बिहीबार राती उपचारकै क्रममा निधन भएको हो ।

केही वर्ष अगाडिदेखि मृगौलामा समस्या देखापरेका उनलाई एकाएक कलेजोमा समेत समस्या देखिएपछि उपचारका लागि नेपालगंज लगिएको पारिवारिक श्रोतले जनाएको छ ।

नेपाली कांग्रेसबाट राजापुर नगरपालिका वडा नं. १ का वडा सदस्य पदमा निर्वाचित थारु नेपाली कांग्रेसका क्षेत्यरी प्रतिनिधि समेत हुन् ।