त्रिशुलीमा बस खस्दा तीन जनाको मृत्यु

ट्राफिक/प्रहरी मुख्य समाचार विषेश समाचार समाज

धादिङ, २४ साउन, २०७६ । सर्लाहीबाट काठमाडौंको लागि हिडेको ना ६ ख ७४६९ नम्बरको बस शूक्रबार बिहान ३ः३० बजे त्रिशुली नदीमा खस्दा ३ जनाको मृत्यु भएको छ । १६ जना घाइते भएका छन् । बाँकीको खोजीकार्य भइरहेको प्रहरीले जानकारी दिएको छ ।

मृत्यु हुनेहरुमा सर्लाही ब्रम्हपुरी गाउँपालिका– ४ का राजनारायण रौनियार, उनकी श्रीमती शोभा रौनियार र भतिज सौरव रौनियार रहेको खुल्न आएको छ । १६ जना घाइतेहरुको उद्दार भएको जिल्ला प्रहरी कार्यालय धादिङले बताएको छ ।

सर्लाहीबाट काठमाडौंको लागि हिडेको बसमा ४५ जना यात्रु सवार भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । बाँकी यात्रुको खोजी कार्य भइरहेको पनि कार्यालयले जनाएको छ । उक्त बसमा मलङ्गवाबाट ४० जना र सर्लाहीको हरिपुरबाट २ जना यात्रु चढेका थिए । जसमा चालक १, सहचालक १, कन्डक्टर १ सहित ४५ जना रहेका थिए ।

बस सडकबाट करिब २ सय मिटर तल नदीमा खसेको छ । दुर्घटनाको कारण भने खुल्न सकेको छैन । थप अनुसन्धान भने भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।