राइड सेयरिङ एप पठाओले ट्याक्सी सेवा सुरु गर्ने

आजको बजार मुख्य समाचार विषेश समाचार सूचना प्रविधि

काठमाडौँ, २३ साउन, २०७६, राईड सेयरिङ एप पठाओले आगामी शुक्रबारबाट ट्याक्सी सेवा सुरु गर्ने भएको छ । सुरुमा तीन सय ट्याक्सी लिएर सेवा सुरु गर्ने पठाओ कम्पनीले जानकारी दिएको छ ।

वि.सं. २०७५ कार्तिकबाट मोटरसाइकल प्रयोग गरेर पठाओले सेवा दिँदै आइरहेको छ । यात्रुहरुलाई वढि सुविधा दिनको लागि पठाओ ट्याक्सी सुरु गर्न लागेको पठाओको मुख्य कार्यालयले जानकारी दिएको छ ।

मोटरसाइकललाई मोवाइलमा पठाओको एप डाउलोड गरेर आफूलाई चाहिएको स्थानमा बोलाएको जस्तै ट्याक्सीलाई पनि बोलाउन सकिनेछ ।

काठमाडौ भित्र जुनसुकै स्थानमा जान पनि आफ्नो स्थान बताएर ट्याक्सीलाई बोलाउन सकिन्छ । पठाओ ट्याक्सीमा यात्रु चढेपछि मात्र विल चढ्न सुरु हुने र सरकारी रेटमा नै चल्ने कम्पनीले बताएको छ ।

पठाओ ट्याक्सी प्रयोग गर्दा सामान चोरिने र हराउने डर नहुनाले यात्रुहरुलाई ढुक्क हुने कम्पनीको दाबी छ ।

ट्याक्सी चालकको सम्पूर्ण विवरण कम्पनीसँग हुनेछ । ट्याक्सीले २४ घण्टा नै सेवा दिने पनि पठाओले जानकारी दिएको छ ।

ट्याक्सी ब्यवसायीहरु भने यसप्रति सकारात्मक छैनन् ।