योगेश भट्टराई पर्यटनमन्त्रीमा नियुक्त, आजै लिए सपथ

मुख्य समाचार राजनीति विषेश समाचार

काठमाडौँ, १५ साउन, २०७६ । तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीको हवाई दुर्घटनामा मृत्यु भएपछि रिक्त रहेको मन्त्रालयले बल्ल मन्त्री पाएको छ । बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका सांसद योगेश भट्टराईलाई मन्त्रीमा नियुक्त गरेका छन् ।

पर्यटन मन्त्रालयमा नियुक्ति पाएका भट्टराईले आजै पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शीतलनिवासमा पद तथा गोपनीयताको सपथ गराइन् ।

पहिलो पटक मन्त्री बनेका भट्टराई ताप्लेजुङबाट सांसद बनेका हुन् ।