तृषितले धारो नफेर्ने किन ? – डिल्लीराज अर्याल

मुख्य समाचार साहित्य

बन्दैछन् सरकार तैपनि सधैं अन्योल अन्योल यो
जित्दैछन् मतले परन्तु मतिले अन्योल अन्योल भो
यौटा चक्र, त्रिशूल, बज्र गतिलो चाहिन्छ, खोजे भयो
हामी चूप रहे सकिन्न कहिल्यै गन्तव्यमा पुग्न त्यो?

दिन्नन ज्योति भने मिली गगनका तारा नफेर्ने किन
तापै मात्र दिने भए जतनले यो सूर्य राख्ने किन?
भन्नै पर्छ त उठ्न साहस झिकी– आफैं नबुझ्ने किन?
पानी दिन्न भने मिली तृषितले धारो नफेर्ने किन ?