पेन गन र सात थान गोलीसहित एक युवा पक्राउ

ट्राफिक/प्रहरी मुख्य समाचार विषेश समाचार

पोखरा, १ साउन, २०७६ । पेन गन अर्थात सामान्यतया हामीले लेख्न प्रयोग गर्ने कलमबाट गोली चलाई अपराध गर्न मिल्ने बस्तुसहित जिल्ला प्रहरी कार्यालय कास्कीले १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका(२४ कास्कीकोट स्थायी घर भई हाल पोखरा महानगरपालिका(७ मासबार बस्दै आएका २४ वर्षीय सागर रानाभाट रहेको प्रहरीले जनाएको छ ।

यही असार २९ गते पक्राउ परेका रानाभाटलाई थप अनुसन्धान पश्चात कास्की प्रहरीले श्रावण १ गते पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । रानाभाटाका साथबाट लागुऔषधसहित पेन गन र उक्त गनमा लाग्ने सात थान गोली पनि बरामद गरेको छ । प्रहरीले विशेष सूचनाको आधारमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक दान बहादुर कार्कीले बताए । पक्राउ परेका रानाभाटमाथि थप अनुसन्धान भईरहेको प्रहरी उपरीक्षक कार्कीले बताए ।