फेस अफ मारवाडीको दोस्रो संस्करण आयोजना हुने

मनोरञ्जन मुख्य समाचार

काठमाडौँ, ३१ असार, २०७६ । फेस अफ मारवाडीको दोस्रो संस्करण अयोजना हुने भएको छ । यही जुलाई २० तारिखका दिन सो प्रतियोगिता होटल डेल अन्नपूर्णमा हुने आयोजकले जनाएको छ । यसको पहिलो संस्करण होटल सोल्टीमा सम्पन्न भएको थियो ।

यस प्रतियोगितामा काठमाडौं, धरान, विराटनगर र इटहरीबाट १६ जना प्रतिस्पर्धीले सहभागिता जनाएका छन् ।

यो प्रतियोगितामा बलिवुड सेलीब्रेटीहरुको पनि उपस्थिति रहने जनाइएको छ । बलिवुड सेलीब्रेटी करण कुन्द्रा (अभिनेता तथा मोडल) र लोकप्रिय नेपाली मोडल सिर्जना रेग्मीले संयुक्त रूपमा यस कार्यक्रमको होस्टीङ्ग गर्ने आयोजकले जनाएको छ । भारतकी चर्चित नायिका एवम् मोडल तथा २०१७ की मिसेस इण्डिया अर्थ श्वेता चौधरीका साथै नेपालका चर्चित कलाकारहरु मूख्य जूरीमा रहने जनाइएको छ । त्यस्तै नेपालका विभिन्न सम्मानित व्यक्तित्वहरुका साथै वरिष्ठ कार्यकर्ताहरुको पनि उपस्थिति रहनेछ ।

फेस अफ मारवाडी एउटा समुदायमा आधारित सौन्दर्य पेजेन्ट हो । यो प्रतियोगितालाई पेज थ्री सर्भिस प्रा.लि. र पेज थ्री हाउट काउचरले सुरु गरेका हुन् ।