विप्लव समूहका दुई विद्यार्थी नेता पक्राउ

मुख्य समाचार राजनीति

गुल्मी, ३० असार, २०७६ । नेत्रविक्रम चन्द्र विप्लव समूहका दुई विद्यार्थी नेता पक्राउ परेका छन् । नेत्रविक्रम चन्द्र विप्लव समूहसँग निकट विद्यार्थी सगंठन अखिल क्रान्तिकारी विद्यार्थी संगठन गुल्मीका जिल्ला सचिव बिष्ण्ॉ विक र सदस्य राज खड्कालाई प्रहरीले पक्राउ गरेको हो ।

गुल्मीको सदरमुकाम तम्घासमा रहेको महेन्द्र माध्यमिक विद्यालयमा सगंठन विस्तार गर्ने क्रममा उनीहरुलाई विद्यालयबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक दिपक कुमार बस्नेतले जानकारी दिए । पक्राउ परेका दुवै जनाको बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको बस्नेतले बताए ।

उनीहरु सोमवार महेन्द्र माध्यमिक विद्यालय तम्घासमा आफ्नो विद्यार्थी संगठन बिस्तार गर्न विद्यालय पुगेको बताइएको छ । गुल्मी प्रहरीले यस भन्दा अगाडि पनि नेत्रविक्रम चन्द विप्लव समूहका जिल्ला सेक्रेटरी खिम खड्कालाई पक्राउ गरी लामो समय हिरासतमा राखेको थियो । खड्का २ सय दिनभन्दा बढी प्रहरी हिरासत बसेर सर्वोच्च अदालतको आदेशपछि बाहिर निस्केका थिए । गुल्मी प्रहरीले जिल्लामा विप्लव माओवादीका कार्यकर्ताहरुले चन्दा असुली तथा अन्य अपराधिक क्रियाकलापहरु गर्न थालेपछि कडाई गरेको जनाएको छ ।