कुलेखानी जलाशय भरियो, बाँध खोल्ने तयारी, सतर्क रहन आग्रह

मुख्य समाचार विषेश समाचार समाज

काठमाडौँ, ३० असार, २०७६ । लगातारको वर्षले कुलेखानी जलविद्युतको जलाशय भरिएर सीमा रेखा पार गरेको छ । जलाशय भरिएर २५.४/३० मिटर पुगेको राष्ट्रिय विपद सतर्कता केन्द्रले जनाएको छ ।

सरोवर भरिएरपछि बाँध खोलेर नियन्त्रित निकास गर्नुपर्ने भएको केन्द्रले जनाएको छ । केही समयपछि नै बाँध खोल्न सुरु गरिने जनाइएको छ ।

बाँध खोलेपछि पानीको बहाब बढ्ने भएकोले सम्बन्धित प्रदेश प्रहरी कार्यालयहरु, जिल्ला प्रहरी कार्यालयहरुलाई आवश्यक सतर्कता र तयारी गर्न पनि केन्द्रले अनुरोध गरेको छ।

तल्लो तटिय क्षेत्रमा सतर्कता अपनाउन पनि आग्रह गरिएको छ ।