योङ रेडफोर्सका जिल्ला अध्यक्ष पहाडी पक्राउ

ट्राफिक/प्रहरी मुख्य समाचार राजनीति

सुर्खेत, २६ असार, २०७६ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका एक कार्यकर्तालाई पक्राउ गरेको छ । युवा संगठनका भेरी–कर्णाली व्यूरो सदस्य एवम् योङ रेडफोर्सका जिल्ला अध्यक्ष शिखर पहाडी ‘हिमशिखर’ लाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

चौकुने गाउँपालिका–९ का ३४ वर्षीय हिमशिखरलाई प्रदेश राजधानी वीरेन्द्रनगर–११ पिपिरा चोकनजिकै पक्राउ गरिएको डिएसपी प्रदीप क्षेत्रीले जानकारी दिए ।