भारतलाई पराजित गर्दै न्युजिल्याण्ड फाइनल प्रवेश

खेलकुद मुख्य समाचार विश्व विषेश समाचार

काठमाडौं, २६ आसर । न्युजिल्याण्ड १२औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । इंग्ल्याण्डमा जारी विश्वकपको पहिलो सेमिफाइनलमा भारतलाई पराजित गर्दै न्यजिल्याण्ड फाइनल प्रवेश गरेको हो ।

सुरुवाती ब्याटिङ गर्दै ८ विकेटको क्षतीमा न्युजिल्याण्डले भारतलाई जितका लागि २४० रनको लक्ष्य दिएको थियो । जबाफी ब्याटिङमा मैदान आएको भारतले सबै १० विकेट गुमाएर २२१ रनमात्र बनाउन सक्यो ।

सुरुवाती ब्याटिङमा आएका भारतका तीन खेलाडी विराट कोहोली, रोहित शर्मा र केएल राहुल समान १ रनमा आउट भएपछि भारतको हार सम्भव भएको हो । तर, भारतका लागि रवीन्द्र जडेजाले ७७ र महेन्द्रसिंह धोनीले ५० रन बनाउँदै जितको सम्भावनालाई बढाएको थिए ।

यस्तै, भारतका रिसव पन्त र हार्दिक पाण्ड्याले टोलीका लागि समान ३२ रनको योगदान दिएका थिए । भारतलाई जिताउने कोसिस गर्दै रवीन्द्र र धोनीले ११६ रनको साझेदारी गरेका थिए । न्यजिल्याण्डलाई जिताउन मट हेनरीले ३ विकेट, ट्रेन्ट बोल्टले र मिचेल साट्नरले समान २ २ विकेट लिए ।

यसअघि म्यान्चेस्टरमा न्युजिल्याण्डले निर्धारित ५० ओभरको खेलमा ८ विकेटको क्षतीमा २३९ रन बनाएको थियो । यसका वलागि रोस टायलरले ७४, कप्तान केन विलियम्सनले ६७ रन बनाएका थिए ।