भानुभक्तीय रचनाको सामाजिक पक्ष बारे विचार विमर्श

मुख्य समाचार साहित्य

काठमाडौँ, २५ असार, २०७६ । २०६ औँ भानु जयन्तीको पूर्वसन्ध्यामा ‘भानुभक्तीय रचनाको सामाजिक पक्ष र नेपाली लोकजीवनमा रामायण संस्कृति’ विषयक विचार गोष्ठी सम्पन्न भएको छ । बुधबार नेपाल प्रज्ञाप्रतिष्ठान संस्कृति तथा साहित्य (लोकवार्ता र बालसाहित्य) विभाग र भानु प्रतिष्ठानको संयुक्त आयोजनामा सो कार्यक्रम सम्पन्न भएको हो ।

गोष्ठीमा डा. तुल्सी भट्टराई र डा. भक्त राईले सोही विषयमा सम्बन्धित रहेर एक एक वटा कार्यपत्र प्रस्तुत गरेका थिए । उनीहरुको कार्यपत्रमाथि सहभागी विद्वानहरुले टिप्पणी तथा आ–आफ्ना विचार राखेका थिए ।

नेपाल प्रज्ञाप्रतिष्ठानको हलमा आयोजित कार्यक्रममा प्रतिष्ठानका उपकुलपति प्रा. डा. जगमान गुरुङ, सदस्यसचिव जगतप्रसाद उपाध्याय, लोकवार्ता तथा बालसाहित्य विभागका प्रमुख डा. देवी नेपाल, भानु प्रतिष्ठानका अध्यक्ष व्रतराज आचार्य लगायतले विचार प्रस्तुत गरेका थिए ।

गोष्ठीमा भानुभक्तको योगदान, उनका रचनाले समाजमा पारेको प्रभाव र वर्तमान समयमा रामायण संस्कृतिको अवलम्बनजस्ता विषयमा छलफल भएको थियो ।