भोजपुरमा विप्लव समूह र प्रहरीबीच दोहोरो भिडन्त, दुवैतर्फका एक एक जनाको मृत्यु

मुख्य समाचार राजनीति विषेश समाचार समाज

भोजपुर, २५ असार । भोजपुरमा नेपाल प्रहरी र विप्लव समूहका कार्यकर्ताबीच दोहोरो गोली हानाहान हुँदा दुई जनाको मृत्यु भएको छ । बुधबार विहान दुई पक्षबीच भिडन्त हुँदा प्रहरीका एक तथा विप्लव समूहका एक जनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय भोजपुरका अुनसार भिडन्तमा प्रहरी जवान सञ्जिव राई र विप्लवका कार्यकर्ता निरकुमार राईको मृत्यु भएको छ । सदरमुमा रहेको शनिबारे हाट लाग्ने ठाउँमा विप्लव र प्रहरीबीच गोली हानाहान भएको थियो ।

विप्लव समूहका कार्यकर्ता र प्रहरीको भेट हुँदा विप्लव समूहका कार्यकर्ताले गोली हानेपछि जवाफी कारबाहीका रुपमा गोली हानेको बताइएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।