अमेरिकी इन्टरनेट कम्पनीले फ्रान्समा ३ प्रतिशत तिर्नुपर्ने

आजको बजार मुख्य समाचार विश्व विषेश समाचार

एजेन्सी, २५ असार । फ्रान्सले अमेरिकी कम्पनी गुगल, फेसबुक तथा अमेजनजस्ता ठूला कम्पनीलाई कर लगाउने भएको छ । फ्रान्सको तल्लो सदनले पारित गरेको कानुनमा अधिकांश अमेरिकी इन्टरनेट कम्पनी छन् ।

करको दर न्युन रहेका युरोपेली मुलकहरुमा कार्यालय स्थापना गरी अन्य मुलुकमा कर छली गर्ने ठूला बहुराष्ट्रिय कम्पनीहरुको चलाखीलाई रोक्न नयाँ कानुन प्रभावकारी हुने जनाइएको छ । यसअघि गुगल, फेसबु र अमेजनले फ्रान्समा कारोबार गर्ने गरे पनि कर तिर्न नपर्ने कानुन थियो ।

आफुले अमेरिकी इन्टरनेट कम्पनीलाई कानुनी दायरामा ल्याउने फ्रान्सले गरेको कामलाई अन्य मुलुकले पनि सिको गर्ने अपेक्षा फ्रान्स सरकारले लिएको छ । पारित भएको नयाँ कानुन अनुसार विश्वव्यापी वार्षिक आम्दानी ७५ करोड तथा फ्रान्समा वार्षिक अढाई करोड युरोभन्दा धेरै आम्दानी भएका डिजिटल कम्पनीहरुले फ्रान्समा ३ प्रतिशत कर तिर्नु पर्छ ।

उक्त कानुन फ्रान्सको माथिल्लो कानुनले पारित गरेसँगै लागू हुने छ ।