सोलुखुम्बु जाँदै गरेको बस ओखलढुङ्गामा दुर्घटना, ३ जनाको मृत्यु

मुख्य समाचार विषेश समाचार समाज

ओखलढुङ्गा, २५ असार । काँकडभिट्टाबाट सोलुखुम्बु जाँदै गरेको बस ओखलढुङ्गामा दुर्घटनामा परेको छ । बुधबार विहानै बु दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने अन्य १५ जना घाइते भएका छन् ।

बुधबार विहान ३ बजे सोलुखुम्बु जाँदै गरेको मे१ख १८९१ नम्बरको बस सिद्धिचरण राजमार्गको मानेभञ्ज्याङ गाउँपालिकामा दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका अनुसार दुर्घटनाबाट दुई पुरुष र एक महिला गरी तीन जनको मृत्यु भएको छ ।

दुर्घटनामा परी गम्भिर घाइते भएका ४ जनालाई उपचारका लागि काठमाडौं ल्याइएको छ । बाँकी ११ जना घाइतेको उदयपुरको घुर्मीमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।