‘धर्ती माता’ ३० हजार धरौटीमा रिहा

मुख्य समाचार विषेश समाचार शिक्षा समाज

काठमाडौं, २५ असार । आफुलाई ‘धर्ती माता’ बताएर काठमाडौंको भद्रकाली मन्दिरमा एक युवतीलाई यातना दिने महिला ३० हजार रुपैयाँ धरौटी बुझाएर थुनामुक्त भएकी छिन् ।

काठमाडौं प्रहरी परिसरले उनीमाथि दुई वटा मुद्दा चलाए पनि दुवै मुद्दामा धरौटी लिएर छाडिएको हो । मुलुकी अराध संहितामा भएको अपमानजन्य व्यवहार सम्बन्धी कसुरमाजिल्ला अदालत, काठमाडौंले २० हजार रुपैयाँ र अभद्र व्यवहारसम्बन्दी मुद्दामा जिल्ला प्रसास कार्यालय, काठमाडौंले १० हजार रुपैयाँ धरौटी लिएको हो ।

उनले सर्वसाधरणको भिडमा भद्रकाली मन्दीरमा युवतीलाई ‘त को होस? छिटो निस्की’ भन्दै यातना दिएकी थिईन् । उनलाई असार १३ गते काठमाडौं प्रहरी परिसरको विशेष टोलीले बालाजुबाट पक्राउ गरेको थियो ।