भारत र न्युजिल्याण्डको बाँकी खेल आज

खेलकुद मुख्य समाचार विश्व विषेश समाचार

एजेन्सी, २५ असार । मंगलबारको खेल वर्षाले विथोलिएपछि इंग्ल्याण्डमा जारी १२औं संस्करणको आईसीसी विश्वकप क्रिकेटको पहिलो सेमिफाइनलको बाँकी खेल आज हुने भएको छ । पहिलो सेमिफाइनलअन्तर्गतको खेलमा मंगलबार भएको खेलमा भारत र न्युजिल्याण्ड भिडेका थिए ।

लगातार ४ घन्टा वर्षा भएपछि दुई टोलीबीचको खेल ४६ दशमलव १ ओभरमा रोकिएको थियो । न्युजिल्याण्डले पहिले ब्याटिङ गरिरहेको अवस्थामा खेल रोकिएको हो । आज हुने खेलमा न्युजिल्याण्डले ४६ दशमलव १ ओभरबाटै ब्याटिङ सुरु गर्नेछ ।

म्यानचेष्टरको ओल्डट्रार्फोडमा भएको खेलमा न्युजिल्याण्डले ४ ओभरको खेल खेल्न बाँकी छ । उक्त अवस्तामा भारतले न्युजिल्याण्डको ५ विकेट झार्दा २११ रन बनेको छ ।
म्यानचेष्टरमा आज पनि वर्षा हुने सम्भावना ६५ प्रतिशत रहेको एजेन्सीहरुले बताएका छन् ।