तेह्रौँ इक्यान शैक्षिक मेलाको सम्पूर्ण तयारी पुरा, २६ गतेबाट मेला सुरु हुने

मुख्य समाचार विषेश समाचार

काठमाडौँ, २४ असार, २०७६ । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले हरेक वर्ष आयोजना गर्दै आएको शैक्षिक मेलाको १३ औँ संस्करण बिहीबार अर्थात् २६ असारबाट सुरु हुने भएको छ । आयोजक इक्यानले मंगलबार एक पत्रकार सम्मेलनको आयोजना गर्दै १३औँ बृहत् शैक्षिक मेलाको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिएको हो ।

मेलामा एक लाख पचास हजार भन्दा बढिले अवलोकन गर्ने अपेक्षा आयोजकले राखेको छ । नेपाली विद्यार्थीहरुलाई स्वदेशी एवम् विदेशी शिक्षा प्रणाली तथा प्राप्त योग्यताको भावि सम्भावना एवम् अवसरहरुजस्ता विषयमा पर्याप्त सूचना प्रवाह गर्नुका मेलाको उद्देश्य रहेको जनाइएको छ । ‘ स्वदेशी तथा विदेशी शैक्षिक संस्थाहरु, विश्वविद्यालयहरु र त्यहाँ प्राप्त हुन सक्ने छात्रवृत्ति, सुविधा एवम् गुणस्तरीय शिक्षामा नेपाली विद्यार्थीहरुको समुचित पहुँचको लागि परामर्श सेवा प्रदान गर्ने हाम्रो उद्देश्य हो’ इक्यानका केन्द्रीय अध्यक्ष विष्ण्ॉहरि पाण्डेले भने ।

यो मेलामा शैक्षिक परामर्श व्यवसायीहरु, स्वदेशी तथा विदेशी शैक्षिक संस्थाहरु तथा भारत, चीन, बांगलादेश, जापान, फ्रान्स, अमेरीका, बेलायत, न्युजील्याण्ड, अष्ट्रेलिया, आयरल्याण्ड, नर्वे, फिनलैण्ड, मलेसिया, जर्मन, रुस, डेनमार्क लगायत देशका कलेज तथा विश्वविद्यालयका आधिकारीक प्रतिनिधिहरुको सहभागीता रहने जनाइएको छ ।

यो शैक्षिक मेलाको ब्यवस्थापन वल्र्ड विजनेस म्यानेजमेन्ट एण्ड कन्सल्ट्यान्ट प्रा. लि.ले गर्दैछ ।