तरकारीमा विषादी परिक्षणको माग गर्दै सर्वोच्चमा रिट

कृषि मुख्य समाचार विषेश समाचार

काठमाडौं, २४ असार । विषादी परिक्षणको माग गर्दै सरकारलाई विपक्षी बनाएर सर्वोच्चमा रिट दायर भएको छ । सरकारले भारतबाट आयात हुने तरकारीमा विषादी परिक्षण फिर्ता लिएपछि सर्वोच्चमा रिट परेको हो ।

विषादीयुक्त तरकारी आयात र नियनत्रण गर्ने आफ्नै निर्णयबाट सरकार पछि हटेको भन्दै उपभोक्ता हित संरक्षण मञ्चका तर्फबाट अधिवक्ता विष्णुकुमार तिमिल्सनाले सरकारलाई विपक्षी बनाएर मुद्दा हालेका हुन् ।

भारतीय राजदुतावासले पत्र लेख्दै भारतीय तरकारीमा विषादी परिक्षण नगर्न भनेको थियो । लगत्तै सरकारले पूर्वाधारको अभाव भएको भन्दै तत्काललाई विषादी परिक्षण गर्ने निर्णयबाट पछि हटेको थियो ।

सरकार विषादी परिक्षण गर्ने निर्णयबाट पछि हटेसँगै चौतर्फी रुपमा सरकारको विरोध भईरहेको छ ।