बालुवाटारमा मन्त्रीपरिषद्को बैठक जारी

मुख्य समाचार राजनीति विषेश समाचार समाज

काठमाडौं, २४ असार । प्रधानमन्त्री केपीशर्मा ओलीको आह्वानमा बालुवाटारमा मन्त्रीपरिषदको बैठक चलिरहेको छ । पछिल्लो समय आएको विषादी प्रक्ररणबारे छलफल गर्न ओलीले मन्त्रीपरिषद्को बैठक बोलएका हुन् ।

बालुवाटारमा विहान ७ बजेदेखि बैठक चलिरहेको छ । बैठकमा समसामयिक विभिन्न विषयसहित तरकारीमा विषादी परिक्षणका विषयमा समेत छलफल हुने बताइएको छ ।

यस्तै, मन्त्रीपरिषद्को बैठक सोमबार साँझ पनि बसेको थियो । तर, राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न प्रधानमन्त्री जानपरेपछि तरकारीको विषयले प्रवेश पाएको थिएन् ।