एसिया कप छनौटका लागि हङकङसँग भिड्दै नेपाल

खेलकुद मुख्य समाचार विषेश समाचार

काठमाडौं, २४ असार । श्रीलंकामा आयोजना हुने यू १९ एसिया कप प्रतियोगितामा छनौट हुनका लागि नेपाल र हङकङ प्रतिस्पर्धा गर्दै छन् । मलेसियामा जारी एसीसी यू १९ इस्टर्न रिजन क्रिकेटको फाइनलमा उपाधिसहित एसिया कप छनौटका लागि मंगलवार भिड्न लागेका हुन् ।

सोमबार भएको पहिलो सेमिफाइनल खेलमा आयोजक राष्ट्र मलेसियालाई ७ विकेटले पराजित गर्दै नेपालले फाइनलमा स्थान बनाएको थियो । त्यसअघि नेपाल नेपाल समूह विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको थियो । त्यसका लागि नेपालले सिङगापुर र चीनलाई पराजित गरेको थियो ।

यस्तै सोमबार नै भएको दोस्रो सेमिफाइनलमा सिङगापुरलाई डिएल पद्दतीको आधारमा ५१ रनले पराजित गर्दै हङकङले फाइनलमा स्थान बनाएको हो । हङकङ पनि समूह ‘बी’को विजेताका रुपमा सेमिफाइनल प्रवेश गरेको थियो । यसका लागि उसले भुटान र थाइल्याण्डलाई हराएको थियो ।

उपाधि विजेता टोली यू १९ एसिया कपमा छनौट हुने छ । एसिया कपमा भारत, पाकिस्ता, श्रीलंका, बंगलादेश र अफगानीस्तान जस्ता टेष्ट राष्ट्रसँग भेट हुने छ ।