८५ किलो गाँजासहित एक जना पक्राउ

ट्राफिक/प्रहरी मुख्य समाचार समाज

हेटौडा, २३ असार, २०७६ । कारमा गाँजा ओसारपसार गरिरहेको अवस्थामा ८५ किलो ६ सय ग्राम अबैध लागुऔषध गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरीले मनहरीबाट हेटौंडातर्फ आउँदै गरेको बा १२ च ८५५६ नम्बरको कारलाई जाँच गर्ने क्रममा गाँजासहित चालक मकवानपुरको कैलाश गाउँपालिका १ का ३० वर्षीय गणेश थापालाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरीक्षक पवनकुमार झाको कमाण्डमा खटिएको प्रहरी टोलीले उनलाई पूर्व–पश्चिम राजमार्गअन्तरगत हेटौंडा उपमहानगरपालिका ११, थानाभ¥याङबाट पक्राउ गरेको थियो । कारको पछाडि डिक्कीमा रातो प्लाष्टिकले बेरेर लुकाई राखेको ६ वटा पोका गाँजासहित सोमबार उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक यज्ञप्रसाद भट्टराईले बताए ।

तस्विर: फायल