विप्लव नेकपाका दुई कार्यकर्ता पक्राउ

मुख्य समाचार राजनीति समाज

डडेल्धुरा, २३ असार, २०७६ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका दुई कार्यकर्ता जोगबुढाबाट पक्राउ परेका छन् । देशैभर विप्लव समूहले आफ्ना गतिविधि बढाइरहेका बेला जोगबुढाको परशुराम नगरपालिका–५ परिगाँउबाट ४० वर्षीय देव भट्टराई र २५ वर्षीय रामदत्त भट्टराई पक्राउ परेका हुन् ।

सोमबार बिहान ईलाका प्रहरी कार्यालय जोगबुडाका इञ्चार्ज प्रहरी निरीक्षक (इन्सपेक्टर) इश्वरी दत्त पाण्डेयको नेतृत्वमा गएको टोलीले उनीहरुलाई गाउँबाटै नियन्त्रणमा लिएको प्रहरीले जनायो । विशेष सूचनाका आधारमा पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि सोमबार नै जिल्ला प्रहरी कार्यालय डडेल्धुरा पठाइएको इञ्चार्ज पाण्डेयले बताए ।