कांग्रेसमा महाधिवेशन विवाद चर्किँदै

मुख्य समाचार राजनीति विषेश समाचार समाज

काठमाडौं, २३ असार । नेपाली कांग्रेसमा १४औं महाधिवेशन गर्ने समयमा अन्यौलता बढ्दै गएको छ । देउवा पक्ष र रामचन्द्र पौडेल पक्षबीच विवाद चर्किँदै गएपछि महाधिवेशन गर्ने विषयमा अन्यौलता छाएको हो ।

कांग्रेसमा देउवा पक्ष महाधिवेशनलाई कम्तिमा एक वर्ष लम्ब्याउँने पक्षमा देखिएको छ । यस्तै, पौडेल पक्ष जुनै पनि हालतमा समयमै महाधिवेशन गर्न सभापति देउवालाई दबाब दिँदै आएको छ ।

महाधिवेशनको विषयमा विवाद बढ्दै गएपछि आइतबार बोलाइएको केन्द्रय समितिको बैठक ५ घन्टा लम्बिएको थियो । आइतबार पार्टीमा महाधिवेशनको समय तालिका सार्वजनिक गर्न बैठक बसिएको थियो ।

बैठकमा महाधिवेशनको एजेन्डा छलफल नगर्ने देउवाको अडानपछि पौडेल पक्षले बैथक बहिस्कारको चेतावनी दिएको थियो । सोही दबाबमा देउवाले महाधिवेशनको एजेन्डा राखेपछि ५ घन्टा ढिलो गरी बैठक बसको हो ।