नेकपाको राजनीतिक प्रतिवेदनमा सहमती

मुख्य समाचार राजनीति विषेश समाचार समाज

काठमाडौं, २३ असार । पार्टी एकीकरण भएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेको १३ महिनापछि राजनीतिक दस्तावेजमा सहमती जुटेको छ । पार्टीको विधान र नियमावली लगायत अन्य विषयमा सहमती भई कार्यान्वयन भएप्नि राजनीतिक दस्तावेजमा सहमती जुटेको थिएन् ।

नेकपाका दुई अध्यक्षबीच जनताको बहुदलीय जनवाद तथा जनयुद्ध जस्ता शब्द र अन्य राजनीतिक विषयमा सहमती जुटेको थिएन् । दुई अध्यक्ष केपीशर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड)बीच आइतबार बालुवाटारमा लामो छलफल भएपछि सहमती जुटेको हो ।

प्रचण्डले नेकपामा राजनीतिक प्रतिवेदनमा सहमती जुटेको बताए । उनले नेपाल दुरसञ्चार राष्ट्रिय कर्मचारी संगठनको एकता महाधिवेशनलाई सम्बोधन गर्दै समहती भएको बताका हुन् ।

उनले राजनीतिक सिद्धान्त नहुँदा पार्टीले आफ्नो पहिचान खुलाउन समेत गाह्रो भएको उनको भनाई थियो । तर, लामो समयपछि भए पनि दुई अध्यक्ष मिलेर पार्टीको राजनीतिक प्रतिवेदनमा सहमती जुटेको उनले बताए ।