करेन्ट लागेर एक मजदुरको मृत्यु

मुख्य समाचार समाज

मकवानपुर, २२ असार, २०७६ । हेटौंडा औद्योगिक क्षेत्रमा रहेको इनभरो प्लाष्टिक नेपाल प्रालि उद्योगमा करेन्ट लागेर एक मजदुरको मृत्यु भएको छ । कामको शिलशिलामा करेन्ट लागेर चितवनको कालिका नगरपालिका, जुटपानीका ३६ वर्षीय पञ्च कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख एवम् प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए ।

आइतबार बिहान करिब १० बजे करेन्ट लागेको उनलाई उपचारका लागि हेटौंडा अस्पताल ल्याइए पनि डाक्टरले मृत घोषणा गरेका थिए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएको छ ।