प्रहरीले गर्यो गाँजाका दश हजार बोट नष्ट

ट्राफिक/प्रहरी मुख्य समाचार समाज

तनहुँ, २२ असार, २०७६ । जिल्ला प्रहरी कार्यालय तनहुँद्वारा भानु नगरपालिका–६ स्थित डाँडाथोक, बरभञ्ज्याङ र मान्द्रबाट ठुलो परिमाणमा लगाइएको गाँजा नष्ट गरिएको छ । अबैध लागु औषध गाँजा खेती रहेको भन्ने सूचनाको आधारमा गाँजा नष्ट गरेको हो ।

समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेसमेतको टोलीले फडानी गरेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय भानु डुम्रे, सामुदायिक सेवा केन्द्र दमौली, स्थानीय टोल सुधार समिति र स्थानीय मानिसहरुसमेतको सक्रिय सहभागितामा ठुलो परिणाममा रहेको गाँजा नष्ट गरिएको प्रहरीले जनाएको छ । प्रहरीले एक महिना अगाडि भानु नगरपालिका–५ स्थित मैवल हटिया, नागनागिनी लगायतका स्थानमा रहेको गाँजाको बोट नष्ट गरेको थियो ।

समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत प्रहरीले गाँजा फडानीको कामलाई तिब्रता दिएको छ ।