धारिलो हतियार प्रहार गरी श्रीमानको हत्या

ट्राफिक/प्रहरी मुख्य समाचार समाज

सर्लाही, २२ असार, २०७६ । जिल्लाको उत्तर–पूर्वी चुरे क्षेत्र स्थित विकट गाउँमा धारिलो हतियार प्रहार गरी एक महिलाले आफ्नै श्रीमानको हत्या गरेकी छिन् । हत्यामा संलग्न भएको आशंकमा प्रहरीले मृतककै पत्नीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो ।

ईश्वरपुर नगरपालिका–१२, कालिन्जोर लामीदमार निवासी ५४ वर्षीय अम्बरबहादुर परियारको धारिलो हतियार प्रहार गरी हत्या भएको हो ।

उक्त वडाका वडाध्यक्ष नागेन्द्र पाख्रीनका अनुसार परियारको टाउको र ढाडमा धारिलो हतियारले प्रहार गरेको गहिरो चोट रहेको छ । प्रहरीले हत्यामा संलग्न हुनसक्ने आशंकामा परियारकी श्रीमती ५७ वर्षीया सोनामाया नेपालीलाई नियन्त्रणमा लिएको छ ।