अण्डाको मूल्य प्रतिक्रेट ३० रुपैयाँसम्म वृद्धि

आजको बजार कृषि मुख्य समाचार रोजगार विषेश समाचार समाज

काठमाडौं, २२ असार । नेपाल अण्डा उत्पादक संघले शनिबारदेखि लागू हुने गरी अण्डाको बजार भाउ बढाएको छ । पछिल्लो समय बर्ड फ्लूको हल्ला चलेपछि बजरामा अण्डाको भाउ ओरालो लागेको थियो । तर, संघले अण्डाको बजार भाउ प्रतिक्रेट ३० रुपैयाँसम्म वृद्धि गरेको हो ।

तर, शनिबारदेखि भाउ बढाउने संघको निर्णयपछि किसानहरुलाई राहत मिलेको बताइएको छ । लगातार बजार भाउ घट्दै जाँदा कुखुरा व्यवसाय नै शंकटमा पर्दै आएको थियो ।

बजारमा अण्डा र कुखुराको माग पुरानै अवस्थामा फर्कन थालेपछि व्यवसायी उत्साहति भएका छन् । नयाँ मूल्यसूचि अनुसार ठूलो अण्डाको बिक्री रेट प्रतिक्रेट २ सय ८५ रुपैयाँ र सानो अण्डाको बिक्री मूल्य प्रतिक्रेट २ सय ३५ रुपैयाँ तोकिएको छ ।

अण्डाको मूल्य ठूलोमा २५ र सानोमा ३० रुपैयाँले वृद्धि गरिएको हो । यस्तै, उपभोक्ताका लागि खरिददर १३ रुपैयाँ कायम गरिएको छ ।