रेड रक र करण केसीबीच एक वर्षको सम्झौता

खेलकुद मुख्य समाचार विषेश समाचार

काठमाडौं, २२ असार । नेपाली राष्ट्रिय टोलीका क्रिकेट खेलाडी करण केसीलाई रेड रक स्पोर्टसले एक वर्षका प्रायोजन गर्ने भएको छ । भारतको मेरुतमा रहेको रेड रकले शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा एक वर्षका लािग करणसँग सम्झौता गरेको हो ।

सम्झौता अनुसार करणलाई एक वर्षसम्म रेड रकले क्रिकेट गीयरका साथै क्रिकेटका सामाग्रीहरु उपलब्ध गराउनेछ। सम्झौतापछि करणले आफू यस प्रयोजनबाट निकै खुशी रहेको भन्दै यसबाट अझै क्रिकेट खेल्न प्रोत्साहन हुने बताए ।

रेड रकका तर्फ बाट शेखर कौसिकले क्रिकेटमा नेपालको भविष्य उज्वल भएको भन्दै आफूहरुको तर्फबाट निरन्तर सहयोग जारी रहने वाचा गरे। गत वर्ष यही कम्पनीले अन्डर १९ क्रिकेटर भीम सार्कीलाई तीन वर्षका लागि प्रायोजन गर्ने सम्झौता गरेको थियो।