विषादी परिक्षण रोकेपछि नेकपामै सरकारको विरोध

आजको बजार कृषि मुख्य समाचार विषेश समाचार

काठमाडौं, २२ असार । भारतीय तरकारी र फलफुल बिना परिक्षण नै आयात गर्न दिइएको भन्दै सरकारको नेपाल कम्युनिष्ट पार्टी भित्रै विरोध सुरु भएको छ । सरकारले तत्काललाई भारतीय तरकारी र फलफुलमा विषादी जाँच गर्ने निर्णय फिर्ता लिएपछि भारत सरकारसँग झुकेकोभन्दै आलोचना सुरु भएको हो ।

नेकपाका सांसद, विदार्थी नेता तथा कार्यकर्ताले समेत सरकारको विरोध गर्न थालेका छन् । उनीहरुले सरकारसँग दबावकै कारण निर्णय फिर्ता लिएको हो भन्दै सरकारलाई प्रश्न गरेका छन् ।

तर, प्रधानमन्त्री केपीशर्मा ओलीले सरकारले दबावमा नभई पूर्वाधारको अभावमा निर्णय फिर्ता लिएको बताए । उनले सांसदभवनमा शनिबार बसेको संसदीय दलको बैठकमा उक्त जवाफ दिएका हुन् ।

बैठकमा भीम रावल लगायतका सांसदहरुले नेपालले विषादी जाँच्छुभन्दा भारतले रोक्नु र सरकार पछि हट्नु गलत भएको बताएका थिए । यसमा भारतीय शक्तिले ठूलै दबाव दिएको प्रश्ट भएको उनीहरुले बताएका थिए ।