काठमाडौँबाट चीनको छाङ्सा सीधा हवाई उडान हुने

पर्यटन मुख्य समाचार

काठमाडौँ, १९ असार, काठमाडौँबाट चीनको हुनान प्रान्तको राजधानी छाङ्सामा सीधा हवाई उडान हुने भएको छ । हुनान एयरपोर्ट ब्यबस्थापन समूह कम्पनी लिमिटेडकी उप-महाप्रबन्धक हुआङ योङफाङले दिएको जानकारी अनुसार अब हप्ताको दुई पटक काठमाडौँ–छाङ्सा सीधा उडान हुने भएको हो ।

यसअघि हुनानको छाङ्सा जानको लागि छन्तु, खुनमिङ वा अन्य एयरपोर्ट प्रयोग गर्नु पर्ने वाध्यता थियो । सीधा उठान नभएकोले नेपाल र हुनानबीच पर्यटक आदानप्रदान हुन नसकिरहेको उल्लेख
गर्दै अब धेरै भन्दा धेरै पर्यटक आउजाउ गर्ने उप-महाप्रबन्धक हुआङ बताइन् ।

काठमाडौँमा बिहीबारबाट सुरु ‘हुनान संस्कृति तथा पर्यटन सप्ताह’ कार्यक्रममा बोल्दै उप-महाप्रबन्धक हुआङले छाङ्सा र नेपालबीच हुनान प्रान्तिय सरकारले पुलको काम गर्न लागेको उनले बताइन् ।

छाङ्सा एयरपोर्टमा दुईवटा टर्मिनल र दुई वटा रनवे रहेका छन् । यो चीनका ठूला ८ एयरपोर्ट मध्ये एक पर्दछ । यो एयरपोर्टबाट एक सय भन्दा धेरै डोमोस्टिक एयरपोर्टमा उडान हुन्छन् भने ४४ वटा अन्तर्राष्ट्रिय एयरपोर्टमा उडान हुने गरेका छन् ।

यो एयरपोर्टमा सम्पूर्ण आधुनिक सुविधाहरु रहेको उप-महाप्रबन्धक हुआङले बताइन् । यो एयरपोर्टबाट ट्रान्जिट उडान पनि गर्न सकिने उनले बताइन् ।