एनसेलले सुरु गर्यो ‘एनसेल फर बिजनेश’ सेवा

आजको बजार मुख्य समाचार विषेश समाचार

काठमाडौं, १९ असार, २०७६ । एनसेल प्राईभेट लिमिटेडले सोल्टी होटलमा आयोजित एक विषेश समारोहबीच आफ्नो ‘एनसेल फर बिजनेश’ सेवाको शुभारम्भ गरेको छ । उक्त समारोहमा विशिष्ट व्यक्तित्वहरु, कुटनीतिक नियोगका प्रतिनिधिहरु, उद्योगी व्यवसायी, उच्च पदस्थ सरकारी अधिकारीहरु र सञ्चार क्षेत्रका विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । समारोहमा पाहुनाहरुलाई लाइभ ज्याज व्याण्डको सुमधुर संगीतले स्वागत गरिएको थियो ।

प्रमुख वक्ताका रुपमा रहेका साउथ इष्ट एसिया टिएमटी, सिटीगु्रप इन्भेष्टमेन्ट बैंकिङ्गका निर्देशक तथा प्रमुख आयुष झुनझुनवालाले डिस्रप्टिभ एण्ड इमर्जिङ्ग टेक्नोलोजि ट्रेन्डस्का बारेमा आफनो प्रस्तुती राख्दै समारोहको सुरुवात गरेका थिए । प्रविधिले प्रत्येक क्षेत्र, उद्योग र व्यवसायलाई कसरी प्रभाव पारिरहेको छ भन्ने बारे उनले बताए । ‘केही समय अगाडिसम्म मात्र पनि व्यवसायहरु एक भिन्न रुपमा छुट्टा छुट्टै संचालनमा रहन्थे । अहिले हामी यस्तो समयमा छौं जहाँ प्रविधिले हरेक क्षेत्रमा मुख्य भूमिका निर्वाह गर्दछ । आफ्नो ग्राहकको सहि मूल्य र पहिचानले व्यवसायहरुलाई फाइदा पुगेको छ ।’

यस पश्चात एनसेलका प्रमुख कार्यकारी अधिकृत एण्डी चोङ्गले उपस्थित सबै पाहुनाहरुलाई स्वागत गर्दै ‘एनसेल फर बिजनेश’ को लोगो अनावरण गरेका थिए । उनले कसरी डिजिटल विश्वले विकासका लागि उत्प्रेरकका रुपमा काम गरिरहेको र यसले कसरी नयाँ अवसरहरुको सिर्जना, उत्पादकत्वमा वृद्धि गर्दै नविन सेवा तथा व्यवसायहरुलाई बढावा दिँदै व्यवसाय कसरी चुस्त बन्दछ भन्ने बारे प्रकाश पारे । उनले एनसेल ब्राण्डको सार ‘आज, भोलि, सधैँ सँगै’ को बारेमा पनि पाहुनाहरुलाई जानकारी गराए । ‘हामी ठूला साना सबै व्यवसायहरुलाई उहाँहरुको क्षमताले भ्याएसम्म प्रगति गर्नका लागि सहयोग गर्छौं । हाम्रो प्रविधि, वस्तु तथा सेवाहरु मार्फत व्यवसायहरुका लक्ष्य र महत्वाकांक्षाहरु हाषिल गर्नका लागि सहयोग गर्न हामी हाम्रा ईन्टरप्राइज ग्राहकहरुसँग सझेदारी गर्छौं’ उनले भने ।

त्यसैगरी चोङ्गले ‘एनसेल फर बिजनेश’ का बारेमा उत्साह प्रकट गर्दै भने, ‘एनसेल फर बिजनेश ९एनफोरबी० मार्फत व्यवसायहरुका निमित्त नवीन ईन्टरप्राइज सेवाहरु ल्याउन पाउँदा हामी एकदम हर्षित छौं । यो सेवा ठूला र साना व्यवसायहरुलाई उहाँहरुको सम्भावनाले भ्याएसम्म प्रगति गर्नका लागि सहयोग गर्न अनुकूलित छ । यसले हाम्रा ईन्टरप्राइज ग्राहकहलाई उहाँहरुको लक्ष्य प्राप्ति अर्थात आफ्नो गोल गेन गर्न सहयोग गर्दछ । त्यसका लागि चाहिने पूर्वाधार, उच्चस्तरको नेटवर्किङ्ग, नयाँ प्रविधिमा पहुँच र प्रतिस्पर्धी बजारमा प्रतिस्पर्धा गर्न यो सेवाले सहयोग प्रदान गर्दछ । एनसेल फर बिजनेश (एनफोरबी) विश्वस्तरिय सेवाहरु प्रदान गर्ने र उच्तस्तरको कनेक्टिभिटी र डिजिटाईजेसनको लाभ लिन अवसर प्रदान गर्ने हाम्रो प्रतिबद्धता बमोजिम सुरु गरेका छौं ।’

गेन एडभान्टेज (G.A.I.N ADVANTAGE) मा ‘जि’ को अर्थ ग्रोथ हो । अर्थात एनसेलले आफ्नो यस सेवा मार्फत व्यवसायहरुलाई वृद्धि, विस्तार गर्दै विकास गर्न पूर्वाधार प्रदान गर्दछ । त्यसैगरी ‘ए’ को अर्थ एजिलिटी हो जहाँ ग्राहकहरुले एनसेलको चुस्त र उच्चस्तरको नेटवर्कबाट लाभ लिन सक्छन् र ‘आई’ को अर्थ ईनोभेसन हो । यस अन्तर्गत ईन्टरप्राईज ग्राहकहरुले एनसेलका पछिल्ला र नविन सेवा तथा सुविधाहरु लिन सक्छन् र नेपाल बाहिर पनि आफ्ना सेवा विस्तार गर्न सक्छन् । त्यसैगरी ‘एन’ को अर्थ नर्भ अर्थात साहस वा बल हो जहाँ ग्राहकले अफ्ठ्यारो परिस्थितिहरुमा पनि कार्य गर्न सक्ने साहस प्रदान गर्दछ ।

आफ्नो उच्चगतिको फोरजी सेवा व्यापक रुपमा विस्तार गरेपछि एनसेलले अब आफ्ना ईन्टरप्राईज ग्राहकहरुलाई फिक्स्ड कनेक्टिभीटी सेवा ल्याएको छ । यस अन्तर्गत ईन्टरन्यासनल प्राईभेट लिज्ड सर्भिस (आईपिएलसी), डोमेस्टिक लिज्ड सर्भिस (डिएलसी)/भर्चुअल प्राईभेट नेटवर्क (भिपिएन), ब्रोडव्याण्ड इन्टरनेट, ब्याण्डविथ अन डिमाण्ड, वेब एप्लिकेसन फायरवाल, युनिफाइड थ्रेट म्यानेजमेन्ट, सफ्टवेयर डिफाइन्ड वाइड एरिया नेटवर्किङ्ग (एसडि वान) र ईथरनेट भर्चुअल प्राईभेट नेटवर्क (इभिपिएन) जस्ता सेवाहरु उपलब्ध छन् ।

आफ्नो म्यानेज्ड सर्भिस अन्तर्गत, कम्पनीले म्यानेज्व्ड वाईफाई, भिडियो कन्फे्रन्सिङ्ग र सर्वेलेन्स सेवा प्रदान गर्नेछ । त्यस्तै, आइओटी सेवा अन्तर्गत कम्पनीले भेहिकल ट्राकिङ्ग सिस्टम (भिटिएस) ल्याएको छ । यसले गाडीको कार्य प्रगतिमा सहयोग गर्नुका साथै सुरक्षा र सवारी साधनको व्यवस्थापनलाई सहज बनाउछ ।

यस सेवाले सवारी चालकहरुको सवारी चलाउँदाको व्यवहार सुधार गर्न तथा कामलाई थप व्यवहारिक बनाउन र आफ्नो सवारी साधन माथि अझै राम्रो नियन्त्रण राख्न मद्दत पुर्याउनेछ ।

यसैगरी मोबिलिटी योजना अन्तर्गत एनसेलले व्यवसायहरुलाई आफ्नो नेटवर्क भित्र अनलिमिटेड कल र मेसेजिङ्ग, पर्याप्त मात्रामा डेटा र प्रिमियम नम्बरहरुको सेवा र अरु धेरै सेवाहरु प्रदान गर्नेछ । एनसेल डेटा सेन्टर सोलुसन्स अन्तर्गत नेपालमा रहेका व्यवसायहरुले एनसेलको विश्वसनिय र सुरक्षित डेटा सेन्टरमा आफ्नो सर्भर राखि इमेल तथा सुरक्षित होस्टिङ्ग सेवा लिन सक्नेछन् ।

ईन्टरप्राइज ग्राहकका लागि गुणस्तरीय सेवा सुनिश्चित गर्दै एनसेलले अहिलेसम्मकै ठूलो इन्टरनेट प्रोटोकल (आइपि) मा आबद्ध मल्टि परपोस लेबल स्वीचिङ (एमपिएलएस) नेटवर्क पनि बनाएको छ । त्यसकासाथै एनसेलले देशभरी ३५०० कि.मि. आफ्नै फाइबर सञ्जाल बिस्तार गरिसकेको छ र कम्पनीका ३२ सय भन्दा बढि टावरहरु रहेका छन् ।

एनसेलले ल्याएको नयाँ सेवाहरुले मुलतः भ्वाइस सेवामा मोबिलिटी, डेटा, एसएमएस, डेटा सेन्टर सोलुसन्स्, म्यानेज्ड सर्भिसका लागि फिक्स्ड कनेक्टिभिटी, सञ्चार सेवालाई सजिलो बनाउन इन्टरनेट अफ थिङ्स (आइओटी) र व्यवसायको उत्पादकत्व बढाउनमा केन्द्रित रहेको छ र यसले सरकारले लिएको डिजिटल नेपालको अवधारणालाई साकार पार्न पनि मद्दत पुर्याउने छ । यससँगै व्यवसायहरुले एनसेलको विभिन्न सोलुसन्स जस्तै एनसेल ग्लोबल कनेक्ट, एनसेल नेशनल कनेक्ट, एनसेल बिज फाइबर ब्रोडब्याण्ड, एनसेल फिल्ड फोर्स अटोमेसन, भेकल ट्रयाकिङ्ग सिस्टम र मोबिलिटी प्लान प्रयोग गर्न सक्नेछन् ।