लिबियाको हवाई आक्रमणमा एक नेपालीको मृत्यु

मुख्य समाचार विश्व समाज

काठमाडौं, १९ असार । लिबियाको आप्रवासी हिरासत केन्द्रमा भएको हवाई हमलामा परी एक नेपालीको ज्यान गएको पुष्टि भएको छ । कायरोमा रहेको नेपाली दूतावासका अनुसार आक्रमणमा सन्तोष श्रेष्ठको मृ्त्यु भएको हो ।

आप्रवासीहरुको अन्तर्राष्ट्रिय संगठन आईओएमले आक्रमणमा घाइते भएका नेपालीको उपचारका क्रममा मृ्त्यु भएको जनाएको छ । तर, मृ्त्यु हुनेको नेपालस्थित ठेगाना खुल्न सकेको छैन् ।

उनी लिबिया कसरी पुगे भन्ने पनि जानकारी नभएको र यसबारे थप अनुसन्धान भईरहेको कायरो दुतावासले बताएको छ । मंगलबार लिलिबयो राजधानी त्रिपोलीको पूर्वी क्षेत्रमा रहेको आप्रवासी हिरासत केन्द्रमा हवाई आक्रमण भएको थियो ।

उक्त आक्रमणमा परी ४० जनाको ज्यान गएको थियो भने ८० भन्दा बढी घाइते भएका थिए । आक्रमण भएको आप्रवासी केन्द्रमा अन्य १४ जना नेपाली भएपनि उनीहरु सकुसल रहेका थिए । दुतावासले ८ जनालाई नेपाल फकाई सकेको छ ।

यस्तै, अन्य ६ जनालाई नेपाल फर्काउने प्रयास भईरहेको छ ।