आईफा अवार्ड आयोजना नगर्ने सरकारको निर्णय

मनोरञ्जन मुख्य समाचार विषेश समाचार

काठमाडौं, १९ असार । चौतर्फी विरोध भएपछि भारतीय फिल्म अवार्ड (आईफा) आयोजना गर्ने निर्णयबाट सरकार पछि हटेको छ । सरकारले आफ्नै खर्चमा विदेशी अवार्ड कार्यक्रम आयोजना गर्न लागेकोभन्दै सामाजिक सञ्जालमा सरकारको चौतर्फी विरोध भएको थियो ।

आईफाको आयोजक नेपाल पर्यटन बोड र सहआयोजक काठमाडौं महानगरपालिका रहने गरी सरकारले कार्यक्रम आयोजना गर्न लागेका थियो । जसका लागि काठमाडौं महानगरपालिकाले मात्रै ४४ करोड रुपैयाँ आयोजकलाई दिने निर्णय भएको थियो ।

यस्तै, कार्यक्रम गर्न नेपालको मात्रै १ अर्ब रुपैयाँभन्दा बढीको खर्च गर्नुपर्ने देखिएपछि सरकार अवार्ड आयोजना गर्ने निर्णयबाट पछि हटेको हो ।

गत असार ८ गते बसेको मन्त्रीपरिषद बैठकले भारतीय अवार्ड नेपालमा आयोजना गर्न अनुमति दिने निर्णय गरेको थियो । जसका लागि नेपाली होटलका १४ सय कोठा, आउने भनिएका ६ सय भारतीय कलाकारलाई ल्याउने हवाई खर्च र विमानस्थलदेखि होटलसम्म पुर्याउनका लागि स्वरुमका गाडी प्रयोग गर्ने तयारी गरिएको थियो ।

बसाई, हवाई र अन्य खर्च पनि नेपाली पक्षले नै ब्यहोर्नु पर्ने भएपछि नेपाली सञ्चार माध्यममा सरकारको विरोध हुँदै आएको थियो । कार्यक्रमबाट नेपाललाई आर्थिक लाभ नहुने देखिएकोभन्दै सरकारले उक्त निर्णय गरेको हो ।