इंग्ल्याण्ड विश्वकप क्रिकेटको सेमिफाइनलमा, न्युजिल्याण्ड ११९ रनले पराजित

खेलकुद मुख्य समाचार विश्व विषेश समाचार

काठमाडौं, १९ असार । आयोजक इंग्ल्याण्ड १२औं संस्करणको आईसीसी एकविदसीय विश्वकप क्रिकेट प्रतियोगिताको सेमिफाइन प्रवेश गरेको छ । बुधबार भएको खेलमा न्युजिल्याण्डलाई ११९ रनले पराजित गर्दै इंग्ल्याण्ड सेमिफाइन प्रवेश गरेको हो ।

टस जितेर सुरुवाती ब्याटिङ गरेको इंग्ल्याण्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३०५ रनको योगफल खडा गरेको थियो । उच्च योगफल तयार गर्ने क्रममा इंग्ल्याण्डले जोनी बैरस्टोवले ९९, ज्यासन रोयले ६०, कप्तान इयोन मोर्गन ४२ र जोय रुटले २४ रन बनाए ।

इंग्ल्याण्डको ८ विकेट लिने क्रममा न्युजिल्याण्डका ट्रेन्ट बोल्ट, मट हेनरी र जेम्स निसामले समान २ विकेट लिएका थिए । स्तै ३०६ रनको लक्ष्य पछ्याँदै ब्याट्रिका लागि मैदान आएको न्जुजिल्याण्ड ४५ ओभरमा सबै विकेट गुमाएर १८६ रन मात्रै बनाउन सक्यो ।

यसका लागि न्युजिल्याण्ड लागि टोम नाथमले ५७, रोस टायरले २८ र कप्तान केन विलियम्सने २७ रन बनाए । त्यसबाहेक अन्य खेलाडीले समानजनक रन बनाउन सकेनन् ।

जितसँगै इंग्ल्याण्डले विश्वकपको सेमिफाइनलमा स्थान बनाएको छ । योसँगै अष्ट्रेलिया, भारत र इंग्ल्याण्ड सेमिफाइन पुगेका छन् । न्युजिल्याण्ड र पाकिस्तान मध्ये अर्को एक टोली समेमिफाइन पुग्ने छन् । तर त्यसका लागि पाकिस्तान र बंगलादेशबीचको खेल कुर्नु पर्छ ।